– रञ्जुश्री पराजुली
उत्तर कोरिया जन्मभुमी भएकी छोरी चान चि अहिले अमेरिकन नागरिक भएकी छिन् ।अमेरिकामा वालिग भए पछि छोराछोरी स्वतन्त्र भएर आफ्नै कमाईमा बेग्लै बस्न जान्छ्न् । बेला मौकामा बाबुआमा भेट्न आउँछन् ।
चान ची दुई बर्षकी हुँदा क्याथीस्मिथ जो नर्स थिइन् ।कोरियामा रेडक्रसबाट स्वास्थकर्मीको रुपमा सेवा दिन गइन् ।एक दिन डिउटीबाट फर्कने क्रममा शत्रुको गोलीको शिकाएर भएर सडकमा मृत अवस्थामा भेटीएकी एउटी नारीको सानी छोरी मरेकी आमाको दुधको मुन्टो चुसीरहेकी देख्दछिन् ।त्यो देखेर आफुले अमेरिकामा छोडेर आएको आफ्नी सानी छोरीको संम्झना आउँछ ।अर्को तिर ती युद्द्पीडित महिलाको विभत्य मृत्युले पीडा बोध हुन्छ ।
सानी नानीको बिजोग देख्दा उललाई दु:ख लाग्छ । त्यो सानी नानीलाइ धर्म पुत्री बनाएर आफू सङ्गै अमेरिका ल्याउँछीन् । चान चि र आफ्नी छोरीलाई सङ्गै हुर्काउँछिन् ।
१८ बर्षकी चान ची स्कुल सकिए पछि एउटा कोरियन रेस्टुरेन्टमा पार्ट टाइम काम गर्न थालिन् ।उनी र उनका धर्म मातापिता उनको बायोलजिकल बाबुको खोजी गर्न तल्लिन भए ।एक पटक त उनीहरु कोरिया पनि गए ।तर परिवार कोहि पत्ता लागेन ।
चान चीले काम गर्न थालेको र्स्टुरेन्टको मालिक कोरियन नै थिए ।
एकदिन धर्म मातापिता उनी सङ्ग कोरियन पसल गएको बेला आफुले बिवारिसे चेन् चीलाई मरेकी आमाको लाशबाट छुटाएर धर्म पुत्रीको रुपमा पाल्दै आएको कुरा बताउँदै चेन्जीले आफ्नो परिवारबारे र जान्न खोजेको बताउँछन् ।
रेस्टुरेन्ट मालिक किम नरम र भलाद्मी थिए ।उनले ” कता कता किन हो तपाईकी धर्म पुत्री चान ची मेरो हराएकी श्रीमती सङ्ग फेला परेकी छोरी हो जस्तो लाग्छ ।अन्धा धुन्ध शत्रुको गोली चारै तिरबाट बर्से पछि हामी भाग्न थाल्यौं ।एउटा गोली मेरो खुट्टामा लागेर म ढलें ।हेर्नुस त भनेर उनले आफ्नो नक्कली खुट्टा देखाए । छोरी च्यापेर अलि पर पुगेकि श्रीमती पनि गोली लागेर ढ्लेको देखें दौडिएर बचाउँन सकिन ।कसैले मेरो उद्दार गरेर अमेरिकामा शर्णार्थीको रुपमा छिराई दियो ।म छोरी र श्रीमती कहाँ होलान् भनेर दिन रात चिन्तित छु ।एक पटक चान ची र मेरो “डीएनए ” परीक्षण गर्न म अनुमती माग्छु । हुन्छ चाङ ची भनेर सोधे ।चान चीले पनि स्वीकार गरिन् ।
चार दिन पछि डिएन ए को नतिजाले ती दुई बाबू छोरी भएको तथ्य पुष्टीगर्यो ।
***
प्रतिक्रिया
-
४
