– सिता संघर्षी

१,
जिन्दगी भनेकै घाम छाँया लाग्छ,
टाढा हुँदा परिवारको बहुत माया लाग्छ
परदेशमा यसरी एक्लिदाको पलमा ,
आफैँलाई आफैँसँग बहुत दया लाग्छ

२,
कसैलाई जित्नु छैन आफैँसग हार्नु नि छैन
आफू माथि जाँदै अरुलाई तल पार्नु  नि छैन
जे छ आफूमा, म त्यसैमा चित्त बुझाउने मान्छे
आदर्शका कुराले आकाशको तारा झार्नु नि छैन ।

३,
आशीर्वाद लिन दशै आउन  पर्दैन,
मीठो खाना नया नाना लाउन पर्दैन।
भगवान नै हुन  बा आमा  मेरा  लागि,
उहाँहरु भईन्जेल कतै धाउन पर्दैन।।

४,
यो साल यस्तै भयो अर्को साल आउँला
चाड पर्व बा आमाको काखमा मनाउँला
थाहा छ म बिना खल्लो भा छ चाडबाड,
हाँसी खुसी अर्कोपटक साथमा रमाउँला

५,
मूल्य श्रमको  भए यहाँ  हुनुपर्ने जति,
देशले पनि लिन सक्थ्यो विकासको गति!
ब्यक्ति हावी हैन यहाँ सिस्टमले देस चल्यो भने,
कु-दृष्टि लाउनेको नि सुध्रिन्छ कि मति,

***

प्रतिक्रिया

सम्बन्धित खवर