– वि.वि.याक्खा
उनी बाल्यपन देखि नै आफ्नो माटो र देश प्रति माया गर्ने मानिस अन्याय र अत्याचारलाई सहनु हुन भन्ने बिचारले ओतप्रोत पनि अनि प्रढ पनि गर्थे आफैमा जसरी आफ्ना पिता पुर्खाहरुका रगत पसिनाले आफ्नो माटो भिजाएर हराभरा बनाए उसरी नै स्वादेशमै केही गर्ने संकल्प गर्ने मनमनै उनी ।
दिन काल समय परिवेश उनको उमेर सितै बदलिदै गैइरहेको थिए ।उनमा पनि विभिन्न परिवर्तनहरु किसोर अबस्था सहित आउनु स्वाभाविक नै थियो । देशमा माओवादी जनयुद्धको लहर चल्यो उ पनि नजानिदो पाराले सभागी बन्नु पुगे बिस्तारै उनको पनि सक्रियाताहरु बढदै जादाँ एक कान दुई कानहुँदै सुराकीको माध्यमबाट प्रशासनको आँखाको तारो बनेपछि एक दिन घर छाडेर युद्धको मोर्चामा समेल हुन पुगे त्यस अबधिमा
उनले कति दुबैतर्फका हाताहात भएर मृत्यु बरण गरेको घटना
देख्नु र भोग्नु पुगे सयोगले भाग्य या कर्मको खेलले उनी भने लामो समय जेल र यातानको भोगे पछि खुल्ला बाताबरण बने यता राजनीति बन्दीको रुपमा मुक्त भए ,नाफाको जिबन पाएर बाच्ने आसा !आफैमा आसा मारेको मानिस खुल्ला संसारमा
आउनु पाउँदा खुशी हुन कुनै नौलो कुरा थिएन। यसमा नि अझ
सरकार आफैहरुले हुर्काएको पाटिले नेतृत्वगर्दा धेरै खुशी पनि मिलेका महसुसगरे, त्यो अनुसार भने नपाउँदा पछि खिन्न भए।
उमेरसितै घरको जिम्मेवारी पनि काधमा आईपरेको हुनाले
उनले दुखसुख भए पनि चिनेजानेकै नाताकुटुम्बमा बिबाहागरे।
पारिवारिक बोझलाई उठाउन त्यति सजिलो र सहज परिस्थिति नभैइसकेपछि उसले ज्याला, मजदुरीगर्दै योग्यता अनुसारको पेशा खोज्न शहरका गल्लि गल्ली चाहारे जो पनि उधारोमा नै
भरोसा दिलाउने भन्दा भेटिएन ! भएको घर जग्गा पनि सबै नै
बन्दकी राखेको छ आफ्नो भनु बसेको झुप्रो भन्दा केही छैन ।
दुखको पाहाडले झन सगरमाथाको उच्चाईलाई नै जितेको छ ।
तैपनि हरेसा भने खाएनन कयौं छाक भोगो बस्नु परेको पिडा
पनि उस्तै छन् गर्भवती अबस्थाको श्रीमतीलाई राम्रो खुवाउन पियाउनुसम्म नसक्नुको चिनेजानेका आफन्त साथीभाईहरु नि
यो बेला सबै टाढा हुन थाले आखिर यस्तो बेला दैब पनि देब्रो भएको बेला को नै पो साथ दिने हुन्छन् र थिई त केबल उनै आफ्नो जीवनभरको साथ दिने बाचा कसम खाएको श्रीमती।
अभाबै अभाबले सधै सताए पछि एक दिन श्रीमतीले तिलहरी जाकट राखेर भए पनि पासपोर्ट बनाउने भनिन् सोही अनुसार
उनले पासपोर्ट बनाएर भिसा पेस्यो । मेनपावरमा पनि उस्तै
दलाली महिनौ कुर्नु पर्यो दुख झन झन थपिन्दै गैइरहेको थियो।
पिडाले दुखले राम्रोसँग न निधाउन सक्ने बाताबरण थियो न त
केहि गर्ने अबस्था यस्तै पिरै पिरमा दिनहरु बित्दैजाँदा एकदिन
मेनपावरबाट भिसा लागेको खबर आयो केहि राहत मिल्यो ।महङ्गो ब्याजको पैसा काढेर भए पनि बिदेशीन उनी बाध्यभए।
हातमा बोडिङ्ग पास ,हरियो पासपोर्ट बोकेर उनी पनि लामलागे
बिदेशीने लाखौं लाख युवा युबतीहरुको तातिमा अन्तर्राष्ट्रिय बजारमा श्रम बेच्नु जानको लागि मनमा भने एकदमै नरमाइलो लागिरहेको थियो मुटुको धडकन बढेको महसुस हुन थाल्यो भने श्वास पनि कतै रोकिएला झै उसलाई लाग्यो मनै अमिलो
यसैबेला श्रीमतीले भित्र पिल्लेन तिर जानै लाग्दा फोनमा भनि
काले आफ्नो ख्याल राख्नु चिन्ता नलिनु ल राम्रोसँग जानु है।
हाम्रो भबिस्यको लागि के गर्नु बाध्यताले आज टाढा हुनु पर्यो!
उनी न भन्दै पिलेन भित्र चढे बिस्तारै हावाई जाहाजले आफ्नो
गति बढाउन धावानमार्गमा कुद्नु थाल्यो केही क्षणमै भुइँ छाडी
आकाशीयो बादल भन्दा अझ माथि भएर उनको भरिएर आयो
आमा बाबा, नानी र श्रीमती अनि देशको मायालेगर्दा धरक्क आँसु चुवाए आकाशमै जुन उनका अनगिन्ती समाना र चाहानाहरु पनि कतिपय तेसरी नै कता कता उढे होलान् कतै!
जाहाजले साउदी अरेबियाको दमाम भन्ने विमान स्थलमा झार्यो
त्यहाँ फरक देशको फरक भाषा धर्म संस्कारको मानिसले भेडा बाख्रा खोरमा हुले जस्तै गरि एउटा गाडीमा राखेर कम्पनीतर्फ
लग्यो नौलो ठाउँ नौलो परिवेश बिल्कुलै फरक तैपनि बाध्यता ।
लगभग चालीस ,पचास डिग्रीको तातो घाममा भोलिपल्ट देखि
काम लगाउन सुरु गर्यो नयाँ बन्दै गरेको निर्माणधिन प्लानमा
अग्लो अग्लो टावरहरुमा स्काफोल्डिङ्ग , एलेक्टिकल केबुलमा
काम गर्नुपर्ने तारेभिर भन्दा धेरै अग्लो टावरहरुमा अनि कहिले जमिन मुनि गहिराइमा काम गर्नुपर्ने उसले संयोगले पढेलेखेका भएको हुनाले बिस्तारै अलिक सजिलो काम स्टोरमा पाए तैपनि
सजिलो भने त अबस्य पनि थिएन कतिले आफ्नोे आँखा सामु
कामको शिलशिलामा दुर्घटना भएर ज्यान घुमाउन पुगेर रातो
बाकसमा पनि फर्किएका देखे कतिलाई बिधाई पनि गरे त्यो बेला भने नराम्रोशीत मन रुदा बेसरी एकान्तमा रुने गर्थे उनी।
बिस्तारै घरको आर्थिक अबस्थामा भने सुधार पनि आयो एक
असल र ईमानदार श्रीमती हुनको कारणलेगर्दा पनि मनमा यो
नै उसको मन बुझाउने बलियो आधार थियो अनि ढुक्क थिए ।
समयले नेटो काटेको पनि पतै भएन छ आज उनी प्रदेश र घर देश गरेको पनि निकै बर्षहरु बितिसकेछन बिस्तारै कपाल पनि
तिलचामले हुन थाले छन् नानीहरूको पनि अध्यन राम्रो हुनाले
खुशी छन आसाबादी छन् तैपनि दुख भने मनभित्र खडकेकोले
पिरोलिन्छन आफै आखिर यति दुख गर्ने बाताबरण स्वादेशमै
हुनु भने आज यस्तो जवानी प्रवासमै खर्चनु त पर्ने थिएन भनि!
तैपनि बाध्यतालाई स्विकार्नु भन्दा आर्को कुनै बिकल्प थिएन ।
आज पनि कामको शिलशिलामा उनको डिपार्ट मेनेजरले भन्यो धाप मार्दै – मिस्टर बिजय तिमि बलियो मान्छे हौ यतिको बर्ष
देखि ईमानदार काम गरिरहेको छौ फ़ेरि यो नै आसा राख्दछौ।
अब बाट तिमिलाई सुपरभाइजरमा बढुवा गरेको छौ हामीले ।
उ जवाफमा फिस्स हासेर जवाफ दियो – मालिक परिस्थिति र बाध्यताले नै मानिसलाई जब्बर ढुंगा झै बनाउने रहेछ हजुर ।
यति भनेर उ कामसकेर क्याम्पतर्फ फर्कदैगर्दा उसको मनमा
यस्तो कुरा आयो ,हो साच्चिकै म बलियो मान्छे हुँ म एउटा परिवारको लागि मेरुदण्ड , देशको लागि रेमिटेन्स भित्र्याउने,
द्लालहरुको लागि मोटो रकम चुकाउने , संघ सस्थाको लागि चन्दा दिने अनि कम्पनीको लागि मेसिन जस्तो खटिने कामदार,
आमा बाबुको बुढेसकालको लौरी दुख पिडा र अभावसित नि
हार नखाएको सबैको लागि बलियो मान्छे हुँ म तैपनि अबको पुस्ताको लागि बलियो बन्नुछ भोलिको सन्तानहरुको भबिस्य स्वादेशमा नै ग्यारेन्टी गर्नुको लागि पनि त्यसको लागि पनि म बलियो मान्छे हुँ यतिन्जेसम्म क्याम्प आइपुगिसकेको थियो ।
प्रतिक्रिया
-
४
