– नरेन्द्रराज प्रसाई

जीवन न काँडा हो न फूल हो
जीवन न माया हो न भूल हो !

आँखा रसाउदैमा पीडा नठान्नु
हाँसिदिदैमा पनि खुसी नठान्नु
जीवन एउटा मोहको भूल हो
भोलि नै ओइली झर्ने फूल हो !

मनमा कहिले त रगतै बगिदिन्छ
आँखामा कहिले हिमालै बगिदिन्छ
वसन्त नै पनि क्षणिक फूल हो
मौसमलाई नचिन्नु पनि भूल हो !

प्रतिक्रिया

सम्बन्धित खवर