सौल कोरिया – अनेसास कोरिया च्याप्टरले सातौँ अधिवेशन सम्पन्न गरेको छ । मंगलबार राजधानी सौलमा भएको एक कार्यक्रमकाबीच अधिवेशन सँगै संस्थाले कवि डिइबी सिकारूको  कविता सङ्ग्रह यौवन हराएको मान्छे पनि बिमोचन गरेको छ । यसका साथै कार्यक्रममा रचना वाचन समेत सम्पन्न भएको छ ।

दिउँसो १२ बजे सुरु भएको कार्यक्रमलाई दुई भागमा बिभाजन गरिएको थियो । कार्यक्रमको पहिलो भागमा किताब बिमोचन र रचना वाचन कार्यक्रम गरिएको थियो । कवि डिइबी सिकारूको कविता सङ्ग्रहलाई कार्यक्रमका सभापति तथा संस्थाका निवर्तमान अध्यक्ष ह्यारी बोण्ड, प्रमुख अतिथि कवि जीवन खत्री, अतिथिहरू मोहन कार्की, इ गिजु मुना, कवि दीपा मेवाहाङ राई, मातृहाङ नेम्वाङ लगायतले कोरियामा बिमोचन गरे । कवि सिकारूको पहिलो कृतिमाथि बोल्दै कवि खत्री, ह्यारी बोण्ड लगायतले खुुसी व्यक्त गर्दै कविलाई बधाई तथा शुभकामना दिए । यही मेसोमा कवि सिकारुले आफ्ना कविताहरूलाई पाटकले माया गर्ने मन्तव्य राख्दै आफ्नो एक कविता वाचन पनि गरे ।

यस्तै कार्यक्रमको आकर्षणको रुपमा कवि भरत खत्री, गजलकार दीप प्रदिपकुमार र मुक्तककार सञ्जय घिमिरे थिए । उनीहरूले दुई चरण गरेर चार कविता, चार गजल र आठ मुक्तक वाचन गरे । उनीहरूका रचनामा देशप्रेम, मायाप्रेम र विकृति विसङ्गतीको स्वर बुलन्द रुपमा उठान भएको पाईयो ।

कार्यक्रममा बिशेष वाचकहरूको अलवा इ गिजु मुना कार्कीले कोरियन कवि यून दोङजुको कविता तारालाई पर्खदैँ शिर्षकमा अनुवाद कविता सुनाईन । यसका अलवा सरोज सर्वहारा, रामचन्द्र शर्मा, निर्दोष शिव, शुसिल अर्याल, राज विसरजन, आरपिसी संङ्गम, विनेश राई मिन्जाई, सेसेफुङ, बाबु बलिन्द्र योङहाङ, रुशन सुवेदी, राजेश सुवेदी, जीवन भण्डारी, जितेन चाम्लिङ, धिरेन्द्र स्पन्दन, नरेन्द्र मलिम्लाल, मानकाजी शाक्य लगायतले आआफ्ना कविता, गजल र मुक्तकहरू सुनाए ।

कार्यक्रमको दोस्रो चरणमा अनेसास कोरियाको अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले लोकराज न्यौपानेको नेतृत्व पाएको छ । न्यौपानेको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति निर्विरोध चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा रामचन्द्र न्यौपाने, उपाध्यक्षद्वयमा सरोज सर्वहारा, धिरेन्द्र स्पन्दन, महासचिवमा राजेश सुवेदी, सचिवमा विजयिता भण्डारी र कोषाध्यक्षमा राज विसर्जनलाई चयन भएका छन् । तेस्तै सदस्यहरूमा दीपकराज बञ्जाडे, आरपिसी सङ्गम, रुशन सुवेदी, दीप प्रदिपकुमार, डिइबी सिकारू र सुमन तिम्लिसिना चयन भएका छन् ।

निर्वाचन टोलीमा संयोजक आरएन अधिकारी सहित दीपा मेवाहाङ राई र जीवन खत्रीको तीन सदस्यिय टोली रहेको थियो । निर्वाचन समितिले निर्विरोध रुपमा १३ सदस्यिय कार्यसमितिको घोषणा गरेको हो ।

कार्यक्रममा निवर्तमान कार्यसमितिको तर्फबाट निवर्तमान कोषाध्यक्ष शुसिल अर्यालले कोषको विवरण र निवर्तमान महासचिव लोकराज न्यौपानेले संस्थाको कार्यप्रगति विवरण पेश गरेका थिए । च्याप्टरले नया कार्यसमिति पाएपछि संस्थाको जिम्मेवारी नया कार्यसमितिलाई हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष ह्यारी बोण्डले खुसी व्यक्त गरे ।

यस कार्यक्रममा सेतोमाटो मिडिया पार्टनर रहेको थियो ।  अनेसासको हरेक कार्यक्रममा सेतोमाटो मिडिया पार्टनरको भूमिमा रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर