
रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा गए राति अन्दाजी १ब जे आएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ । बेपत्ता हुनेको संख्या ४ रहेको छ ।
पहिरोमा परी स्थानिय ३२ वर्षकी चण्डिका थापा मगर, उनको छोरा १८ महिनाका छोरा आमुस श्रेष्ठको ज्यान गएको हो । सोही पहिरोमा परी ५७ वर्षीय उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षिय सन्तोष पहरी र ११ वर्षका विज्ञान पहरीको पनि ज्यान गएको हो। उनीहरूको शव पहिरोबाट निकालिएको उद्धारमा संलग्न नेपाल खेलकुद महासंघ रामेछापका अध्यक्ष तेज घिसिङले जानकारी दिए ।
पहिराले घर बगाउँदा ९० वर्षकी पुड्की पहरी, करिब ५५ वर्षका काले पहरी, ५० वर्षकी झ्याउँकिरी पहरी र २० वर्षकी विनीता पहरी बेपत्ता रहेको घिसिङले बताए ।
पहिरोले स्थानीयका चारवटा घर बगाएको छ भने पहिरोको कारण पुरै बस्ती जोखिममा परेको छ । मृतक चण्डिकासँगै सो घरमा पुरिएकी अञ्जना पहरीको भने जीवितै उद्धार गरिएको छ ।
पहिरोले स्थानीयका गाई, भैँसी, बाख्रा लगायतका पशु तथा लाखौँको धनमाल समेत क्षती पुर्यायको छ । बाढीका कारण स्थानीय ढोइगाउँ खोलामा रहेको पक्की पुल समेत बगाएको छ । त्यस्तै घट्टे खोलाको पुलमा पनि क्षति पुर्याएको छ ।
वेपत्ताकाे नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खाेजी गरिरहेका छन् ।
प्रतिक्रिया
-
४