२६ मंसिर, काठमाडौं पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शङ्ख मङ्गलबार बिहान पशुपतिक्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको

मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शङ्ख देखाउने तयारी गरिएकोहो पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शङ्खसर्वसाधारणलाई देखाउने गरिन्छ

यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकासकोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए

यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिनेशङ्ख सुरक्षित भनी प्रदर्शन गरिएको थियो मङ्गलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउनलागिएको कोषले जनाएको

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार भण्डारको तेस्रो तलामा राख्नेकार्यक्रम राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित भनी यी सामग्री देखाइँदै

प्रतिक्रिया

सम्बन्धित खवर