चितवन – दशबर्षे जनयुद्धका क्रममा पति गुमाउनुपरेका माडीका साहित्यसर्जक अम्बिका पोखरेल कार्की (अमु)ले पति वियोगको २५ वर्षपछि पारिवारिक सहमतीमा दोस्रो बिवाह गर्नुभएको छ ।

नेपाल प्रहरीमा कार्यरत पति ओम कार्कीको २५ वर्षअघि माओवादीको आक्रमणमा परी मृत्यु भएसंगै एकल महिलाको रूपमा उहाँले आफ्ना एक छोरीको सबै जिम्मेवारी पूरा गर्नुभएको थियो ।

छोरीलाई उच्च शिक्षा दिएर बिवाह गरेपछि आफूले थप जिम्मेवारी लिने निणर्यसहित बुटवल मंगलापूर निवासी पत्नी वियोगको पीडा खेपिरहेका तीन छोरीका पितासंग उहाँले बिवाह गर्नुभएको हो ।

परिवारका सदस्यहरूको सहमति र उपस्थितिमा शुक्रबार बिवाह बन्धनमा बाँधिनुभएकी अम्बिकाले जिन्दगी नयाँ बाटोमा हिडेँको सार्वजिनक रूपमै जानकारी दिनुभएको छ । अढाई दशकको एकल जीवनपश्चात विवाह गर्नुभएका उहाँलाई सबैले बधाईसहित शुभकामना दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर