२२ कात्तिक  कर्णाली कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम सल्यानका १६ स्थानीय तहलाई दुईकरोड ४५ लाख हस्तान्तरण गरेको

प्रदेश सरकारले जाजरकोटका भेरी नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख, कुशेमा गाउँपालिकालाई २०लाख, छेडागाड नगरपालिकालाई १० लाख, जुनीचाँदे गाउँपालिकालाई १० लाख शिवालय गाउँपालिकालाई पाँच लाख हस्तान्तरणगरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट सानीभेरी नगरपालिकालाई २५/२५ लाख, चौरजहारी नगरपालिका त्रिवेणीगाउँपालिकालाई रु २०/२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख बाँफीकोट गाउँपालिकालाई पाँच लाख रकम हस्तान्तरणगरिएको प्रवक्ता जिसीले बताए उनका अनुसार सल्यानको दार्मा गाउँपालिकालाई १५ लाख तथा बागचौर बनगाड कुपिण्डेनगरपालिकालाई पाँच/पाँच लाख हस्तान्तरण गरिएको

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम सल्यानमा राहत सामग्री खरिद, वितरण उद्धार प्रयोजनका लागि स्थानीय तहलाईरकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए

यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर दशलमलव रेक्टरस्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर