काठमाडौँ – नेपाल राष्ट्र बैंकले विदेश जाने नेपालीले पाउने सटही सुविधाको सीमा बढाएको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति मार्फत विदेश जाने नेपालीले पाउने सटही सुविधा बढाएको हो ।
भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत एक वर्षमा दुई पटकसम्म अब २५ सय अमेरिकी डलर सुविधा दिइएको छ । यसअघि यस्तो सुविधा १५ सय डलर रहेको थियो । सरकारले यस वर्षबाट विदेश भ्रमणमा जाने नेपालीबाट २ प्रतिशत वैदेशिक पर्यटन शुल्क लिन सुरु गरेको छ ।
प्रतिक्रिया
-
४