काठमाडौँ – चालु आर्थिक वर्ष २०७९/०८० को जेठ महिनामा ३ हजार ८ सय ७० विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भालु आर्थिक बर्षको जेठ महिनासम्ममा ३ हजार ८ सय ७० विद्युतीय कार, भ्यान, जिप आयात भएको हो ।

गत आर्थिक बर्ष २०७८/०७९ को सोहि अवधीसम्ममा १ हजार ७ सय ४ विद्युतीय कार, भ्यान, जिप आयात भएको थियो । विभागको अनुसार यस अवधीमा सबैभन्दा धेरै १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् । यस अवधीमा
१०० किलोवाट भन्दा कम ब्याट्री पावरका ३ हजार ७५२ वटा विद्युतीय सवारी आयात भएका छन् ।

गत आर्थिक बर्षको सोहि अवधीमा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका ८ सय ९५ वटा विद्युतीय सवारी आयात भएको थियो ।

यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ११६ वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएका छन् ।

गत आर्थिक बर्षको सोहि अवधीमा १०१ देखि १५० किलोवाट क्षमताका १३ वटा, १०१ देखि २०० किलोवाट क्षमताका ७९० वटा, २०० देखि ३०० किलोवाट क्षमताका ४ वटा र ३०० भन्दा बढि किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएको थियो ।

विभागको अनुसार यस आर्थिक बर्षको एक महिनामा यसरी आयात भएका ३ हजार ८७० वटा विद्युतीय सवारीमा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बाहिरिएको जनाएको छ । जसबाट सरकारलाई ३ अर्ब ५ करोड ११ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ ।

यस्तै, गत आर्थिक बर्षको सोहि अवधिमा यसरी आयात भएको १ हजार ७ सय ४ विद्युतीय सवारीमा १० अर्ब ५ करोड ३३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको थियो । जसबाट सरकारलाई १ अर्ब ३९ करोड ५२ लाख २८्र हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर