काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।

उनले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन् । जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ ।’उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनुचित लेनदेन नियन्त्रण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि हदैसम्म लागिपरेको दोहोर्‍याए ।

प्रचण्डले भ्रष्टाचार नियन्त्रणसम्बन्धी नयाँ ऐन, संसद्बाट पारित गराउन पारित लागिएको पनि सो अवसरमा जानकारी गराए ।  यस्तै अख्तियारको सक्रियतामा मात्रै भ्रष्टाचार नियन्त्रणमा सम्भव हुने उल्लेख गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा गरेमा नागरिकको अपेक्षा पनि पुरा हुन सक्ने धारणा राखे ।

उनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै निकायको सहयोगको अपेक्षा गरिएको पनि धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर