
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनलाई प्रधानमन्त्रीमा एमाले सहित सात दलले समर्थन गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीबीच सहमति भएको छ । यससँगै सात दलको समर्थनसहित प्रचण्ड राष्ट्रपति कार्यालय जाने उच्च स्रोतदे बतायो ।
सातदलकोसँगको सहमति गरी सहमतीमा हस्ताक्षर भइसकेपछि प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न राष्ट्रपति भवन शीतलनिवास जाने तयारीमा छन् । यससँगै राष्ट्रपति र सभामुख एमालेले लिने सहमति भएपनि अन्य दलले के के लिने भन्ने प्रष्ट खुलाईएको छैन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ पुसमा एक साताको समय दिएर संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न आह्वान गरेकी थिइन् । उक्त समय सिमा आज हो ।
प्रतिक्रिया
-
४
-
१०