काठमाण्डौ – युवा गजलकार वसन्त ओली “वसन्ती” द्वारा लिखित गजल सङ्ग्रह बोई (हजुरआमा)को चैत्र १२ गते शनिबार बिमोचन हुने भएको छ । राष्ट्रिय नाचघर जमलको मिनि प्रेक्षालयमा दिउँसो १ बजे बिमोचन हुने भएको हो ।

गजलकारका हजुरबुबाले उक्त पुस्तक बिमोचन गर्नुहुने कार्यक्रम तय भएको छ । कार्यक्रममा बिमोचनका अलवा विपीन घिमिरेको टिमले गजल गायन गर्नुका साथै गजलकार वसन्तीको गजल वाचन समेत हुनेछ ।

केही अघि मात्रै दिगंवत हुनुभएकी आफ्नी बोईको गहिरो सम्झनामा किताबको नाम बोई राखेको गजलकारले सेतोमाटोसँग बताए । गजल सङ्ग्रहमा बोईको सम्झनामा लेखिएका केही थान गजल सहित एक सय भन्दा बढी गजल समावेश गरिएको छ । सङ्ग्रहमा मायाप्रेम , देशभक्ति , खुसी ,पीडा र समाजसित सम्बन्धित सामाजिक भावनाहरू समेटिएका छन् ।

बोईमा गजलका अलवा आफ्नी बोईलाई सम्झेर लेखिएको मार्मिक लेख पनि छ । उक्त लेख लेख्दै गर्दा बोईलाई सम्झिँदै भक्कानिएर लेख्न लामो समय लागेको उनले बताए । “बोई, मेरा लाथि धेरै थोक हुनुहुन्थ्यो, उहाँलाई प्लेन चढाउने धोको थियो त्यो सम्भव भएन ।” उनले भावुक हुँदै भने ।

फुटबल खेलमा आफ्नो भविष्य बनाउँदै गरेका वसन्तीको खेल जीवनबाट बिचैमा छोड्नुपर्यो । तर साहित्यमा बिशेषत गजलमा भने अग्रभागमै रहेको उनका समकालीनहरू बताउँछन् ।

उनले गजलमा नयाँ लय र भाव जन्माउने कोसिस गरेको बताएका छन् । बुलबुल पब्लिकेसन्सद्वारा प्रकाशनमा आएको पुस्तकको गत आईतबार प्रोमोसनल भिडियो सार्वजनिक भएको थियो । भिडियोमा बोइप्रतीको प्रेम झल्काउने गीत सँगै बोईशा लागि लेखिएको लेख पनि समावेश गरिएको छ । भिडियोमा गायक राज सागरको मिठो गायकी सँगै संचारकर्मी अच्युत घिमिरेको कथा वाचनले रहेको छ ।

२०६९ सालमा (तिर्सना) नामक उपन्यासबाट साहित्यमा प्रवेश गरेका साहित्यकार वसन्तीको ‘बोइ’ दोस्रो कृति हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर