काठमाडौँ – साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’को ‘यादका बस्तीहरू’ नामक गीति सङ्ग्रह शनिबार राजधानीमा लोकार्पण भएको छ ।
प्रसिद्ध गीतकार प्रा.डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको उक्त लोकार्पण कार्यक्रममा साहित्यिक कार्यक्रममा पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाको अध्यक्षता थियो ।
वरिष्ठ बाँसुरी बाधक तथा यलमाया क्लासिकका संस्थापक जीवन आलेले बाँसुरीको धून बजाई लोकार्पण आरम्भ भएको थियो । साथै गीतकार राजजीका उग्र राष्ट्रवाद र अन्ध राष्ट्रवादका यी दुई रेखाले घेरिएका राष्ट्रिय गीतहरूभन्दा माथि उठी असली राष्ट्रवादभित्रको घेराभित्र रहेको पाइयो भन्दै स्पष्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले गीत रचनाका शैली र शिल्पमाथि प्रकाश पार्दै गीतकार सागरका गीतहरूमा समुचित शैली र शिल्प पाइनुका साथै काव्यिक, उपमा र अलङ्कारहरू प्रशस्तै प्रयोग गरिएको पाइएको बताउँदै थप सङ्गीतले राजजीका गीतहरू निकै उचाइमा पुग्ने भन्ने बारेमा कुनै दुई मत छैन भन्दै सभामा स्पष्ट पारेका थिए ।
विशिष्ट अतिथि वरिष्ठ कवि डा. नवराज लम्सालले गायनका लागि उपयुक्त छन्द र लय मिलेको हुनुपर्ने र गीतकार सागरका गीतमा भावनाको गहिराइ एवम् लयात्मकता प्रशस्तै पाइने भाव व्यक्त गर्दै थप परिमार्जन गर्दै अगि बढ्दा सागरमा यसखाले सम्भावना प्रशस्तै रहेको उल्लेख गरेका थिए।
कार्यक्रममा विश्वकीर्तिमानी तथा वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले राजबाबु आफैँमा बहुआयामिक व्यक्तित्व रहेको र कृतिभित्र रहेका सबै गीतहरू राम्रा रहेका र त्यसमध्ये दसओटा गीतहरू छानी यी गीतहरू मलाई साह्रै मन परेको र यी गीतहरूमा मैले पनि सङ्गीत गर्ने मौका पाए हुन्थ्यो भन्दै प्रष्ट पार्नुभएको थियो ।
र वरिष्ठ चित्रकार, गायक एवम् सङ्गीतकार ज्योतिप्रकाशले पनि सागरका गीति सङ्ग्रभित्र रहेका सबै गीतहरू उत्कृष्ट रहेका भन्दै ूमन दुख्दा फूलले पनि बिझाउँदो रैुछू बोलको गीतमा सङ्गीत भर्दै गाएर सुनाएका थिए ।
गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारूङ्ले पनि गीतकार राजबाबु श्रेष्ठ गीति सङ्ग्रह निकालिनु पूर्व पनि राम्रा गीतकार र कविका रुपमा
सभापतिको आसनबाट बोल्दै पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले लोकार्पणको भाव र अर्थमाथि प्रकाश पार्दै र हरेक दश महिनामा सागरका कृति जन्मने गरेको र दश महिनाअगि ‘हराएका छोराहरू कविता सङ्ग्रह’ र ‘देशको चिना’ मुक्तक सङ्ग्रह लोकार्पण गर्दाको प्रसङ्ग उठाउँदै उहाँमा सिर्जनाका प्रशस्तै सम्भावना भएकाले एकभन्दा बढी विधामा कलम चलाए तापनि कुनै एक विधामा विशिष्टता हासिल गर्नतर्फ दत्तचित्त भएर लाग्न सुझाव दिएका थिए ।
विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि, वरिष्ठ साहित्यकार, गीतकार तथा कविको उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा पुष्पपराग साहित्य प्रतिष्ठानका सचिव डा. प्रदीपकुमार मैनालीले स्वागत मन्तव्य दिएका थिए भने दाङ्बाट चर्चित् गीतकार प्रकाश केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा गीतकार राजबाबु श्रेष्ठ ‘सागर’ ले गीति कृति जन्मनुका विगतका पृष्ठभूभि र आफ्ना गीतका बारेमा मार्मिक तथा हृदयस्पर्शी भनाइ राख्दैगर्दा कार्यक्रममा सहभागी भावुक बने ।
प्रतिक्रिया
-
४