दक्षिण कोरिया – हाल दक्षिण कोरियामा कार्यरत भोजपुर हतुवागढिका कवि तथा कथाकार दिलिप बान्तावा राईको ’ताल्चा’ कथासंग्रह विमोचन तथा परिचर्चा कार्यक्रम गरिएको छ । गत आईतबार आदिवासी जनजाति साहित्यकार महासंघ दक्षिणकोरिया शाखाद्वारा भर्चुअल माध्यम जुममा आयोजित एक कार्यक्रममा सहित्यकारत्रय उपेन्द्र सुब्बा, बिना थिङ र जनक कार्कीले संयुक्त रुपमा बिमोचन तथा कृतिमाथि परिचर्चा गरेका हुन् ।
एक दशक लामो सशस्त्र द्वन्दकालिन असरदेखि भोजपुरको हतुवागढी क्षेत्र र दक्षिणकोरियाको परिवेशमा आधारित भएर लेखिएका १० कथा संग्रहित ताल्चा संग्रह विमोचन तथा परिचर्चा कार्यक्रममा बोल्दै साहित्यकार उपेन्द्र सुब्बाले उक्त कथासंग्रह समग्रमा राम्रो कृति रहेको बताए । कतै पात्रहरूलाई मर्ज गर्न अपुगजस्तो देखिए पनि बिस्तारै बन्दै जाने भन्दै बुलन्द कथा सङ्ग्रहका लागी लेखकलाई बधाई दिए । उनले आगामी दिनमा कथाकार बानणतवालाई उपन्यास लेख्न समेझ सुझाए ।
कथाकार बिना थिङले पनि कृतिमाथि आफेनो धारणा राख्दै छोटो समयम कथाकार बान्तवाले कथाको क्षेत्रमा ठूलै सफलता हात पारेको बताईन् । हरेक कथाले आफ्नोपन, साझा कथाको अनभूति गराएको बताईन । बान्तावाको कृति ताल्चामाथि खोज्दै जाँदा सामान्य कमजोरी होलान् तर आफू तेता नजाने भन्दै समग्रमा कृति आकर्षक रहेको बताईन
तेस्तै अर्का साहित्यकार जनका कार्कीले बिगत देखि वर्तमान सम्मका बिभिन्न घट्ना परिघटनालाई मालाझैँ उनेर १० कथामा लेखेको बताए । बिभिन्न कथामाथि छुट्टा छुट्टै बोल्दै मनमा लागेका सामान्य केही कमजोरी समेत औँल्याउँदै समग्रमा तल्चा एउटा सुन्दर कथा सङ्ग्रह रहेको जिकिर गरे ।
कार्यक्रमा सभापति समेत रहेका आदिवासी जनजाती साहित्यकार महासंघ दक्षिणकोरिया शाखाका अध्यक्ष पराजित पोमुले ‘ताल्चा’ कथासङ्ग्रहका कथाकार दिलिप बान्तवालाई बधाई दिए । विदेशमा बसेर काम सँगै कविता लेखन र कथासङ्ग्रहनै ल्याउनु असाध्यै महत्वपूर्ण काम भन्दै खुसी व्यक्त गरे ।
कथाकार बान्तवाले कथा सङ्ग्रह ताल्चामा द्वन्दकालिन पिडा, लैङ्गिक विभेद, वैदेशिक रोजगारीका व्यथा, जस्ता कारुणिक भाव भएका कथाहरू लेखेको बताउँदै प्रत्येक कथाको बारेमा छोटकरीमा बताए । उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन समेत गरे ।
उत्तम खजुमले सञ्चालन गरेको उक्त विमोचन तथा परिचर्चा कार्यक्रममा अतिथिका अलवा सुष्मा रानाहँमा, दिपा मेवाहाङ, सुनिल दिप्त राई, संगीत मगर, कुमारी लामा लगायत साहित्यकारको सहभागिता थियो ।
कार्यक्रमलाई मिडिया पार्टनरको रुपमा सेतोमाटो डट कमको साथ रहेको थियो ।
प्रतिक्रिया
-
४
