दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल तीन दिनसम्म बिभिन्न सेसनहरू सञ्चालन गरि सम्पन्न भयो । पहिलो र दोस्रो दिनझैँ तेस्रो दिन फाल्गुन १ गते पनि भिन्दा भिन्दै चार सेसनहरू सम्पन्न भए ।

महोत्सवको अन्तिम दिनको तेस्रो सेसनको विषय थियो, ‘कलामा महिला’ । विषयमाथि छलफलमा थिए वक्ता थिईन बिशेषगरि नाटक र चलचित्र क्षेत्रकी चिरपरिचित, निर्देशक, कलाकार लुनिभा तुलाधर साथमा सहजकर्ताको भूमिकामा रीता शाह थिईन ।

कलाबार लुनिभा तुलाधरले अन्य क्षेत्रहरूमा जस्तै नेपाली कला फिल्मी क्षेत्रमा पनि महिलाहरूलाई दोस्रो दर्जाको रुपमा लिने गरेको तितो उनले सुरुमै पोखिन ।

उसैपनि नेपाली कला क्षेत्रमा लगानी गर्नेहरू ढुक्क हुन सक्ने वातावरण छैन् । र नेपाली कला बिशेष सिनेमाको बजार पनि सानो छ । झन् साना समस्या आउने बित्तिकै बन्दै हुने अवस्था समेत देखिन्छ भन्दै उनले चिन्ता व्यक्त गरिन ।

नेपालमा महिलामैत्री वातावरण नभएका कारण पनि कला क्षेत्रमा मात्रै नभएर सबै क्षेत्रहरूमा महिलाहरूलाई माथि उठ्न असहज अवस्था भएको भन्दै चिन्ता व्यक्त गरिन । नेपालमा महिला भएकै कारण कतिपय हिंसा हुने, दुर्व्यवहार हुने र कतिपय ठाउँमा आफूले पनि दुर्व्यवहार भोगेको कुरा उनले बताईन ।

उनले आफू महिला भएकै कारण कतिपय अवसरहरू समेत गुमाउनु परेको बताईन् । नेपाली समाज महिलामैत्री नभएका कारण असहज छ । भित्रदेखि आफूमा इच्छाशक्ति छैन भने सफलता पाउन गार्हो भएपनि निरन्तर लगाव साथ यो क्षेत्रमा लाग्न सके सफल हुन सकिने पनि उनले बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर