दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल चलिरहेको छ । पहिलो दिनझैँ दोस्रो दिन माघ २९ गते भिन्दा भिन्दै विषयमा चार बहसहरू भए ।

महोत्सवको दोस्रो दिनको अन्तिम सेसनको विषय थियो, ‘पृथ्वीको भोग र मानव सभ्यतामाथिको प्रश्‍न’ । विषयमाथि छलफलमा थिए वक्ताहरू सलोनिका न्यौपाने र प्रमोद धिताल साथमा सहजकर्ताको भूमिकामम राजेन्द्र खरेल थिए ।

पृथ्वीको उपभोग नगरिकन मानव जीवन सम्भव छैन । तर उपभोगको नाममा मानव समुदायले सिमा नाघेको कुरा सत्य हो । हरितगृह ग्यास प्रभाव, जलवायु परिवर्तन त जल्दाबल्दा विषय हुन् नै विभिन्न किसिमका महामारीहरु मानव अस्तित्वलाई र्न संकटमा पार्ने गरी देखा परेका छन् । यी यावत समस्याहरुको कारक कतै मानव स्वयं त होइन? यस्ता प्रश्नहरूको जवाफ खोज्ने कार्य भयो “पृथ्वीको भोग र मानव सभ्यतामाथिको प्रश्न” सेसनमा ।

छलफलमा सलोनिका न्यौपानेले हामी बाच्नुपर्ने धर्ती यही हो तर हामीले हाम्रा आवश्यकता पूरा गर्ने नाममा अनावशेयक कुराहरूलाई समेत जम्मा गर्ने कार्य गरेकाले पृथ्वीको गर्भमा रहेको अनेकन कुराहरू सकिँदै गैरहेको र पृथ्वी कमजोर हुँदै गएको भन्दै चिन्ता गरिन ।

खरकका वक्ता प्रमोद धितालले पृथ्वी हामी सजिव सबैको साझा घर हो र हामी सबैको बराबर अधिकार र संरक्षणमा कर्तव्प रहेको भन्दै मानव जातिले पृथ्वीको विनाश गरेको केरामा चिन्ता व्यक्त गरे । हामी सबैले पृथ्वी जोगाउन सके हामी आफूपनि जोगिने र जोगाउनु पर्नेमा उनको जिकिर थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर