दाङ – उदाहरण समूह दाङको आयोजनामा सञ्चालन भैरहेको तीन दिने तेस्रो दाङ लिटरेचर फेस्टिबलको अन्तिम दिन आज पनि उत्तिकै महत्वका साथ बिभिन्न सेसनहरू सञ्चालन भए ।
अन्तिम दिनको पहिलो सेसन अन्तर्गत दाङभित्रको दाङमा दाङलाई चिनाउने कोशिस भयो । यस सेसनमा वक्ताहरू डा. गोविन्द आचार्य र जितेन्द्रमान नेपाली थिए भने सहजकर्ता देविका घर्तीमगर थिईन ।
बिशेष गरि यहाँ भएका बिभिन्न जातजाति र उनीहरूको संस्कृति, चालचलन र रितिरिवाज, दाङ भित्रको ऐतिहासिक, धार्मिक र पर्यटकियस्थल लगायतको चर्चा भयो । दाङ भित्र लोप हुँदै गरेका पुराना संस्कृति र रितीरिवाजहरूको पनि चर्चा भयो र जसलाई संरक्षण र सम्बर्धनका लागि राज्यस्तरबाटै पहल हुनु पर्ने कुरामा डा. गोबिन्द आचार्यले बताए ।
थारू बस्ती, थारूहरूको संस्कृति, रहन सहन र चालचलनै कारण पनि दाङलाई बिशेष बनाएको उहाँको धारणा थियो ।
तेस्तै रर्का वक्ता जितेन्द्रमान नेपालीले पनि दाङको कला संस्कृति, रहनसहन र चालचलनले पृथक बनाएको र यसले देशलाईनै चिनाउन मदत गर्ने बताए ।
सहजकर्ता देविका घर्तिमगरले दाङका बारेमा वक्तहरूसँग विविध प्रकारका जिज्ञासाहरू राखेकी थिईन् ।
प्रतिक्रिया
-
४
-
१०