दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल चलिरहेको छ । पहिलो दिनझैँ दोस्रो दिन माघ २९ गते भिन्दा भिन्दै विषयमा चार बहसहरू भए ।

महोत्सवको दोस्रो दिनको तेस्रो सेसनको विषय थियो, ‘प्रश्नहरूको घेरामा पाठशाला’ । बिशेष शैक्षिक मुद्दामाथि छलफल भएको यो बहसमा सहभागी थिए बिभिन्न जिल्लाहरूमा जिल्ला शिक्षा अधिकारीका रुपमा काम गरेर हाल सेवा निवृत हुनु भएका शिक्षाविद् जीतबहादुर शाह र कालिका क्याम्पस बुटवलका चिफ घनश्याम पाठक । साथमा सहजकर्ताको रुपमा थिए कवि तथा शिक्षक घनश्याम अस्तित्व ।

विद्यालय शिक्षा सधैँको बहसको विषय हो । विश्वमा नै शिक्षाको औचित्य सम्बन्धमा बहस निरन्तर चलिरहेको पाइन्छ । नेपाल पनि यो मामिलामा अपवाद हुने कुरै भएन । तसर्थ वक्ताहरूसँग शिक्षासँग सम्बन्धित थुप्रै प्रश्नहरुको जवाफ खोज्ने काम गरे सहजकर्ता घनश्याम अस्तित्वले ।

आजको शैक्षिक प्रणालीका समस्याहरू के के हुन् । शिक्षाको वैश्विक चिन्तन गर्दा नेपाली शिक्षा कहाँनेर छ? समग्रमा नेपाली शिक्षा प्रणालीका समस्याहरू र वर्तमान अप्ठ्याराहरूले नेपाली शिक्षालाई पारेको प्रभाव सम्बन्धमा बहस भए ।

सेसनमा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले असल शिक्षाका लागि विद्दार्थीहरूलाई तल्लो तहबाटै गम्भिर तबरबाटै धेयान दिईनु पर्ने बताए । यसका लागि परवारले पनि उत्तिकै ध्यान दिन र मर्यादित वातावरण बनाउन सक्नु पर्ने बताए । तेस्तै शिक्षकहरूले पनि आफ्नो जिम्मेवारी बोध गर्न कुनै कसर बाँकी राख्न नहुने ठहर गरे ।

कालिका क्याम्पस बुटवलका चिफ घनश्याम पाठकले पनि विद्दार्थीहरूलाई तनाबरहित वातावरण सिर्जना गरी अध्ययन अध्यापन गराउनु पर्ने बताए । समयसापेक्ष र आजको युग सुहाउँदो शिक्षा प्रणालिको निर्माणमा राज्यको पनि उत्तिकै दायित्व हुने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर