दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल चलिरहेको छ । पहिलो दिन माघ २८ गतेका दिन तीन भिन्दा भिन्दै सेसनमा गरमागरम छलफलहरू चले ।
भर्चुअल माध्यमबाट सञ्चालित यो महोत्सवको पहिलो सेसन सुरु हुनु अघि आयोजकका तर्फबाट कवि घनश्याम अस्तित्वले ३ दिने कार्यक्रमको बारेमा जानकारी दिए । उनले प्रतेक कार्यक्रमको संक्षिप्त जानकारि दिँदै पहिलो सेसन ‘पुँजीवादको आयु’का लागि राजनीतिक कार्यकर्ता अनिता पण्डितलाई समय हस्तान्तरण गरे ।
पुँजीवादको आयु
यस सेसनको सहजकर्ता अनिता पण्डित थिईन् । र वक्ताहरू थिए बाम, प्रगतीशिल विचारधारामा आस्था राख्ने प्रा.डा. अमर गिरी, शशिधर भण्डारी ।
नेपाल जस्ता साना र विकासाेन्मुख देशहरु पुँजीवादबाट कसरी ग्रसित छन् ? समाज विकासको क्रमलाई यसले कसरी जकडेको छ ? यसमा राजनीति कसरी र किन निरिह छ ? र अबको बाटो के हो ? त्यो बाटो कस्को हो ? यसका समग्र आयाम, प्रभाव र लक्षणहरू छलफल भए ।
प्रा.डा. अमर गिरीले पुँजिवादमा उत्पादन प्रणाललीनै त्रुटीपूर्ण हुन्छ । र यसले सम्पूर्ण शक्तिहरू सिमित व्यक्तिमा हुने भएकाले आमा जनताको अवस्था सधैँ तलनै रहन्छ । उक्त कारण पुँजीवादी समाज नेपालमा गलत रहेको ईङ्गीत गरे ।
पूजिबादका बिरुद्धमा नेपालमा विभिन्न राजनीतिक आन्दोलन भएपनि पूूजीवाद परास्त हुन नसकेको चिन्ता उनका भनाईहरू रहेको थियो । र पूजिवादको अन्त्य र समाजवाद आजको आवश्यकता रहेको उनको निचोड रह्यो ।
तेस्तै अर्का वक्ता शशिधर भण्डारीले युरोपियन समाजको उदाहरण दिँदै पुजिवादी समाजले सिङ्गो समाजको कहिल्यै हित नहुने बताए । ठूला देशले साना देशलाई, ठूलो समाज र मान्छेले सानो समाज र मान्छेलाई थिचेर राख्छ जसको बिकल्प भनेको समाजवादनै हो र त्यसका लागि बिद्रोह आवश्यक रहेको तर्क उनको थियो ।
प्रतिक्रिया
-
४