काठमाडौँ – तेस्रो दाङमा लिटरेचर फेस्टिभल माघ २८ गतेदेखि शुरू हुने भएको छ । उदाहरण समूह नेपालको आयोजना पारेर हुने उक्त फेस्टिभल माघ २८, २९ र फागुन १ गते हुने भएको हो ।

साहित्य, संगीत र कलाको क्षेत्रमा काम गर्दै आएको उदाहरण समूह, नेपालले लेखक, पत्रकार, कलाकार, समालोचक, राजनीतिक व्यक्तिहरूको सहभागितामा लिटरेचर फेस्टिभल आयोजना गर्ने भएको हो ।

कार्यक्रममा विभिन्न शीर्षकमा बहस हुने आयोजकले जनाएको छ । फेस्टिभलको पहिलो दिन माघ २८ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘पुजीवादको आयु’ शीर्षकमा डा. अमर गिरी र शशिधर भण्डारीले बहस गर्नेछन् भने उक्त सेसनको सहजीकरण अनिता पण्डितले गर्ने भएकी छन् ।

त्यस्तै, सोही दिन १२ः३० बजेदेखि १ः३० बजेसम्म ‘आत्मसम्मानका लागि आँशु कि युद्ध ?’ शीर्षकमा भूमिका श्रेष्ठले बहस गर्नेछिन् भने भुपेन्द्र वलीले सहजीकरण गर्ने भएका छन् । उदय आलेको सहजीकरणमा धनबहादुर कुसुन्दा, सत्यदेवी खड्का र गुरूप्रसाद कुमाल ‘बुलबुल’ले माघ २८ गते २ बजेदेखि ३ बजेसम्म ‘अस्तित्वको अन्तिम लडाइँ’शीर्षकमा बहस गर्ने भएका छन् ।

माघ २९ गते शनिबार ११ बजेदेखि १२ बजेसम्म ‘समावेशीताको अधुरो उचाई’ शीर्षकमा सरिता तिवारी र धनबहादुर पुन‘किर्तिमान’ले बहस गर्ने भएका छन् भने उक्त सेसनमा आस्था के.सी.ले सहजीकरण गर्नेछिन् ।

वि.सं. २०७३ सालदेखि उदाहरण समूह, नेपालले कलेज कविता अभियानमार्फत युवा सष्ट्राहरूको यो अभियानको उद्देश्य नेपाली कला, साहित्य र संगीतमा देखा परेको मोफसलमा सिर्जनात्मक र हस्तक्षेपकारी भूमिका खेल्ने रहेको आयोजकले बताएको छ ।

भर्चुअल लाइभ हुने उक्त फेस्टिभल उदाहरण समूह, नेपालको फेसबुक पेजबाटसमेत हेर्न सकिन्छ भने कार्यक्रमको मिडिया पार्टनर सेतोमाटो डटकम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर