
युवाकवि चारघरे ठिटोले कविता सङ्ग्रह ‘अनुत्तरित प्रश्नहरू’ कविता सङ्ग्रह लिएर बजारमा आएका छन् । सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीद्वारा पोखरामा आयोजित एक कार्यक्रममा सो पुस्तकको बिमोचन भएको छ ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश श्रेष्ठले पुस्तकको बिमोचन गरेका हुन । उनले राष्ट्रसेवकका रुपमा कार्यरत चारघरे ठिटोलाई सफल साहित्यिक यात्राको कामना गरे ।
कार्यक्रममा विशिष्ट अतिथि सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अजित उत्सवले कवि चारघरे ठिटोलाई सम्भावना भएका कविका रूपमा चित्रित गरे ।
उनले सगरमाथा साहित्य प्रतिष्ठान देश बिदेशमा रहेका सबै पुस्ताका सर्जकलाई एक आपसमा जोड्ने र साहित्यको एकीकृत उत्थानका लागि क्रियाशिल रहेको बताए ।
उनले प्रतिष्ठानले आगामी दिनमा प्रकाशनगृह सञ्चालन गरेर अगाडि बढ्ने योजना रहेको जानकारी दिए । कार्यक्रममा बोल्दै कवि तथा गजलकार दीपक समीपले कवि चारघरे ठिटोलाई शुभकामना दिए । अनुत्तरित प्रश्नहरुका सर्ज चारघरे ठिटोले आफू साहित्यमा बामे सर्दै सरेको बालक भएकाले सबैको मायाको अपेक्षा गरेको बताए ।
कार्यक्रमको स्वागत युवा कवि रोशन तिमिल्सिनाले गरेका थिए भने कवि माधव खतिवडाले अनुत्तरित प्रश्नहरु कविता सङ्ग्रहबाट एउटा कविता वाचन गरेका थिए ।
कार्यक्रममा पुस्तकमाथि युवा कवि तथा समिक्षक टुकादेवी आचार्यले समीक्षा गरेकी थिइन् । कार्यक्रमको सभापतित्व सगरमाथा साहित्य प्रतिष्ठान गण्डकीका अध्यक्ष शम्भु अर्यालले र सञ्चालन सचिब लिली अधिकारीले गरेकी थिइन् ।
प्रतिक्रिया
-
४