कवि तथा स्टोन आर्टिष्ट दीपा मग्रातीको गीत ‘आकाश जूनको साथी’ सार्वजनिक भएको छ ।

पछिल्लो समय नेपालमा स्टोन आर्ट गर्दै चर्चामा आएकी मग्रातीको उक्त गीत प्रविन अफिसियलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

‘आकाश जुनको साथी’ एल्बममा रहेको दीपाको शब्दमा प्रेम गुरुङ र हिरा थापाले स्वर भरेका छन् भने प्रविन अफिसियलले सङ्गीत भरेका छन् ।

सङ्गीतकार मनोज साङ्सोन राईले एरेन्ज गरिएकोे सो गीतको रेकर्ड किङ स्टुडियोमा गरिएको छ ।

गीतकारको रूपमा पहिलोपटक आफूलाई प्रस्तुत गरेकी दीपा ‘हतुवागढी शब्दघर’को साप्ताहिक प्रस्तुति “अक्षरालय”को प्रस्तोता हुन् भने स्वर्णिम साहित्य समाज बराहक्षेत्र –३ को सदस्य समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर