काठमाडौँ / जिएम मुभिजको आयोजना र सुनिलस्मृति गाउँपालिको आर्थिक सहयोगमा रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुने भएको छ। पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको हो ।
कार्यक्रममा माओवादी नेताहरू जोखबहादुर महरा र झक्कुप्रसाद सुवेदीको विशेष उपस्थिति रहने सो कार्यक्रममा १० वटा बहसका शेसनहरू सञ्चालन हुने बताइएको छ ।सुनिलको सपना शेषणमा वक्ताको रूपमा बाग्मती थापा प्रस्तुत हुनेछिन् भने उनलाई पत्रकार माधवकुमार वलीले सहजीकरण गर्नेछन्।
त्यस्तै, कमरेडको खबर शेसनमा वक्ता झक्कु सुवेदी छन् भने सहजीकरण महेश न्यौपानेले गर्नेछन्।संसदमा सर्कसमा वक्ता राजकुमार कुवँर छन् भने सहजीकरण नविन लोचनले गर्नेछन्। त्यस्तै गाउँ जानेबाटोमा वक्ताहरु गुणेन्द्र घर्ती, रक्तिम पुन, दुर्गाबहादुर खड्का र बलाराम बुढा छन् भने सहजीकरण काशिँराम डागीले गर्ने बताइएको छ ।
बिर्सिएको यु्द्ध पर्यटनमा वक्ताहरु पुरण क्षेत्री, खेम बुढा र पृथ्वी रहेका छन् भने उनीहरूलाई मनिषा श्रेष्ठले सहजीकरण गर्नेछिन्। आयोजककाअनुसार कार्यक्रमा राष्ट्रिय मुद्दाका विषयहरू पनि उठाइने छ । युवा पुस्ता चर्चित कवि घनश्याम अस्तित्वले सहजीकरण गर्ने कविले बिराएको बाटोमा कविहरू श्यामल अधिकारी र श्रवण मुकारुङ वक्ता रहने बताइएको छ ।
प्रतिक्रिया
-
४
