टोकियो – इस्वीको नयाँ वर्ष तथा राष्ट्रिय पोशाक दिवसको अवसर पारेर अनेसास जापानले आयोजना गरेको टोकियो कविता कन्सर्ट २०२२ एक भव्य समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा जापानमा रहेर नेपाली साहित्यमा कलम चलाइ रहनुभएका कविहरू दीप पाठक, मञ्जुल मितेरी, शेखर विकल्प, सयपत्री थुलुङ र विनोद आचार्य कार्यक्रममा प्रमुख वाचकका रूपमा कविता सुनाए ।

कार्यक्रममा सारङ्गी तथा बाँसुरी वादनमा हिरा शिरिष र धन पुनले साथ दिनुभएको थियो । राष्ट्रिय गानबाट उद्घाटन गरिएको कार्यक्रममा स्रस्टाहरूलाई माला खादा र ढाका टोपी लगाइदिएर कार्यक्रम आरम्भ गरिएको थियो । करिब ३ घण्टासम्म चलेको कार्यक्रममा पाँच कविका पच्चिस कविता सुनिएको थियो । कार्यक्रममा पाँच कवि र दुई वाद्यवादकलाई विशिष्ट अतिथि र आमन्त्रित सम्पूर्ण पाहुनाहरूलाई अतिथिका रूपमा यथास्थानमा आसन ग्रहण गराइएको थियो

कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष प्रकाश पौडेल माइला, एन आर एन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अनेसास जापानका सल्लाहकार हारूहितो नोजु , कविता कन्सर्ट सफल बनाउन सहयोग गर्नुहुने बाग्लुङ समाजका अध्यक्ष प्रेम कंडेललाई वहाँहरूको जन्मदिनको अवसरमा ढाका टोपी लगाइदिएर सम्मान गरिएको थियो ।

करिब तीन घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष रविन शर्माले आमन्त्रित  स्रष्टाहरूलाई सम्मान पत्र तथा कार्यक्रमलाई प्रायोजन गरेका दीप वे इन्टरनेस्नल लगायत ग्लोवल होम नेटवर्क, सेवा, एक्स मोबाइल, बाग्लुङ समाज जापान, खानागावा नेपाली कम्युनिटीलाई मायाको चिनो प्रदान गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका महासचिव शरद पोख्रेलले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर