
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
मन्त्रालयले भाषा, संस्कृति, साहित्य, नाट्य, सङ्गीत, ललितकलालगायत विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सुदूरपश्चिम प्रदेशको छवि उच्च पार्न महत्वपूर्ण योगदान पु¥याएका तीन स्ष्टालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा साहित्यतर्फ डोटीको गडसेराका यज्ञराज जोशी (यात्री), संस्कृतितर्फ बैतडीको मेलौलीका हरिप्रसाद जोशी र सङ्गीततर्फ बझाङ थलाराका नरेन्द्रराज रेग्मी रहेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रमुख अर्जुनबहादुर थापा र सामाजिक विकासमन्त्री लालबहादुर खड्काले उनीहरुलाई जनही रु ७५ हजार सहित दोसल्ला र खादा ओढाएर सम्मान गरेका हुन् ।
विसं २०३० देखि यात्री साहित्य क्षेत्रमा संलग्न रहँदै आएका छन् । वि.सं २०४८ देखि जोशी निरन्तर रुपमा संस्कृति जगेर्ना गर्ने कार्यमा संलग्न छन् । त्यस्तै रेग्मीले वि.सं २०४५ देखि साङ्गीतिक क्षेत्रमा क्रियाशील रही योगदान दिँदै आएका छन् ।
प्रतिभा सम्मान तथा पुरुस्कार कार्यविधि २०७७ बमोजिम प्रतिभावान् व्यक्तिको छनोट गरी सम्मान गरिएको सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत धर्मराज जोशीले बताए ।
प्रतिक्रिया
-
४