काठमाडौँ – त्रिमूर्ति निकेतनले लेखनाथ पौड्याल काव्यसभाका संयोजकमा प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजकमा नाट्यभूषण मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजकमा प्रा.डा.महादेव अवस्थीलाई मनोनीत गरेको छ ।

आज सम्पन्न त्रिमूर्ति निकेतनको साधारणसभामा १०२ वर्षीय वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको पनि गरिमामय सहभागिता थियो । डा.जोशी त्रिमूर्ति निकेतनका संस्थापकमध्ये एक हुनुहुन्छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको सभाले सो निर्णय गरेको निकेतनका सदस्यसचिव नरेन्द्रराज पर्साईँले सेतोमाटोलाई जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर