अर्जुनधारा नगरपालिकाले आज दीर्घ साहित्य सेवा पुरस्कारबाट साहित्यकार सरोज ओलीलाई सम्मानित गरेको छ ।

नगरपालिकालाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लामो समय व्यतित गर्नुभएका साहित्यकार ओलीलाई नगद पुरस्कार रु ५१ हजार र प्रमाणपत्रसहित प्रदेश–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, साहित्यकार कोमल पोखरेल लगायतले सम्मान गरेका थिए ।

खेलकूद क्षेत्रमा दीर्घसेवा पुर्याएका भगिरथ आले, जितेन्द्र मेचे, नारायण सुब्बा र हेमनारायण चौधरीलाई जनही रु १५ हजार नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।

यस वर्षदेखि नगर क्षेत्रका साहित्यिक तथा खेलकूदका प्रतिभालाई सम्मान गर्न थालनी गरिएको र आगामी दिनमा निरन्तरता दिइने नगरप्रमुख हरि रानाले बताए ।

नगरपालिकाले साहित्य तथा खेलकूद क्षेत्रको विकासका लागि भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समिति गठन गरेको थियो ।

मेचीनगरले गर्यो सयौंलाई सम्मान

मेचीनगर नगरपालिकाले महिला क्रिक्रेटकी राष्ट्रिय कप्तान रुविना क्षेत्रीसहित खेलकूदको क्षेत्रमा ख्याति आर्जन गरी नगरको प्रतिष्ठा बढाउने विभिन्न खेलाडीलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी अमिता गिरी, क्रिक्रेट खेलाडी रोमा थापा, काज श्रेष्ठ र अप्सरी बेगम, क्रिक्रेट प्रशिक्षक वीरु श्रेष्ठ, भलिबल प्रशिक्षक गणेशक्रिम नेम्बाङ, फुटबल खेलाडी पुजन उपरकोटी, टेनिस खेलाडी इरा राउत र प्रनव खनाल, कराते खेलाडी अस्मिता मल्लिक, सन्ध्या ठटाललगायत रहेका छन् ।

मेचीनगर स्थायी बसोबास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाएका खेलाडीलाई सम्मानका लागि छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर