
मोतीशोभा श्रेष्ठद्वारा लिखित चार लघुउपन्यास ‘प्रकृति’, ‘सम्झनाको डायरी’, ‘सत्य र आमा’ र ‘आँशु’ एकसाथ लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुस्तकको लोकार्पण गर्दै महिलालाई प्रमुख पात्र बनाएर तयार पारिएका उपन्यासलाई पाठकले रुचिका साथ पढ्नेमा आफू आशावादी रहेको बताइन् ।
उनले महिलाले समाजमा पु¥याएको योगदानलाई पुस्तकमा उतारिएकाले वैदेशिक रोजगारी, बालश्रम, पारिवारिक हिंसाजस्ता समाजिक समस्यालाई पनि औँल्याउनाले पुस्तक पठनीय बन्न पुगेको बताएन् ।
उनले साहित्यले समाजको यथार्थ चित्रण गर्ने हुँदा यसको महत्व सबैले बुझ्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा कवि, गीतकार तथा पूर्वसचिव कालिप्रसाद रिजाल, साहित्यकार तथा पूर्वअर्थमन्त्री शङ्कर कोइराला, सहित्यकार तथा चलचित्र निर्देशक यादव खरेल, कला समालोचक धुव्र मधिकर्मीले शुभकामना मन्तव्य राखेका थिए ।
पुस्तकका लेखक श्रेष्ठले पितृसत्तात्मक नेपाली समाजमा महिलालाई हेर्ने, बुझ्ने र महसुस गर्ने तरिका तथा जीवनका भोगाइ एवं अनुभवका बारेमा लेखिएको बताइन् ।
उनले प्रकृति प्रेम, समाजिक रीतिरिवाज, संस्कृति, पारिवारिक सम्बन्ध र मित्रताका कुरा पनि कृतिमा समावेश गरिएको जानकारी दिइन् ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेकी लेखक श्रेष्ठ नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालयको सहसचिव पदबाट अवकाशप्राप्त हुन् । उनी दक्षिणबाहु (चौथो), शुभराज्याभिषेक पदक, जनपदसेवा पदक तथा दीर्घसेवा पदकबाट विभूषित हुन् । उनको यसअघि ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक प्रकाशित छ ।
प्रतिक्रिया
-
४
-
१०