काठमाडौँ – रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाले नै हो’ लिएर प्रस्तुत भएकी छिन् । दिनेश सुवेदीको शब्द र कर्साङ लामाको संगीत र एरेन्जमेन्ट रहेको गीत ‘के छ तिम्रो मनैमा’ कर्साङले गायिका रानी शाक्यलाइ साथ दिएका छन्।

संसारभरका विभिन्न डिजिटल प्लेटफर्मको साथै रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र समृद्धी पौडेलको अभिनय रहेको छ ।

उत्सव दाहालको सिनेमाटोग्राफी ,शिलन लम्सालको कलर ग्रेडिङ र सम्पादन रहेको भिडियोलाइ जीवन शाहीले निर्देशन गरेका हुन्। हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म छ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन्।

आधुनिक, डान्सिङ गीत, लभ भर्सनका गीतहरूको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर