सउल दक्षिण कोरिया – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया च्याप्टरले गजलकार मोतिराम भट्टको जन्मजयन्तिको अवसरमा मोतिजयन्ति विशेष गजल वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

गत आईतबार गजलकार डा. घनश्याम परिश्रमीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समकालीन नेपाली गजलका चार गजलकारहरु त्रुपक, संगीता थापा, प्राञ्जल र निर्दोष शिवले चार/चार वटा गजल सुनाउनु भएको थियो ।

गजलकारहरुले पहिलो चरणमा दुई/दुई वटा र दोश्रो चरणमा दुई/दुई गरि चार/चार वटा गजल सुनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. घनश्याम परिश्रमीले मोतिराम भट्टको इतिहास, नेपाली साहित्यमा उहाँको योगदान र समकालीन नेपाली गजलकारहरूले मोतिराम भट्टबाट सिक्नुपर्ने कुराहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

पछिल्लो समयमा नेपाली गजलमा देखिएको विवादको विषयमा पनि चिन्ता व्यक्त गर्नुभएको थियो। गजललाई विवाद रहित राखेर गजलमा साधना गरिरहनु भएका गजलकारले गजलको भाव पक्ष सबल बनाएर गजल लेख्न अनुरोध पनि गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष डा. प्रमोद सारंगको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका महासचिव ह्यारी बोण्डले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर