काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणको उपाधि किरण गजमेरले जितेका छन्।

शनिबार भएको फाइनलमा उनले टिम प्रमोदबा उपाधि जितेका हुन् । अमेरिका पुर्नस्थापित भएका उनी भ्वाइसकै लागि भनेर उनी नेपाल आएका थिए ।

उनीसँगै फाइनलमा टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले प्रतिष्पर्धा गरेका थिए। दर्शकले दिएको भोटका आधारमा भ्वाइसका विेता बनेका उनले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरेका छन्।

झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाका छन् ।

यसैबीच विजेता गजमेरले ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमा पनि स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएम लगायतका चर्चित अवार्डहरू हात पारिसकेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर