गायक नविन के भट्टराई को ” सम्झिरहन्छु ” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
गीतको संगीत, संगीत संयोजन पनि नविन स्वयम् कै छ । आफ्ना पुराना गीत भन्दा यो गीतमा केही फरक प्रस्तुति भएको नविन बताउछन्सा । साथै गीतलाइ दर्शक तथा श्रोताले मन पराउनेमा नविनले आशा व्यक्त गरेका छन् ।
गीतको भिडियोलाइ नविना भट्टराई ले निर्देशन गरेकी छिन् । सौरभ लामाले छायांकन गरेको उक्त गीतको सम्पादन अर्जुन जी.सी. ले गरेका हुन् । गीतमा नायिका वर्षा शिवाकोटी र राज कटवालको अभिनय हेर्न सकिन्छ । गीतलाइ नविनको आफ्नै अफिसियल यूट्यूब मार्फत हेर्न सकिन्छ ।
प्रतिक्रिया
-
४