लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार २०८१’’ अर्पण  गर्ने  निर्णय गरेको छ ।  नेपाली साहित्यको उन्नयनमा महत्वपूर्ण योगदान पुर्याए बापत लमजुङे स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो ।

लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन्।् ।  हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह ) , अक्षर अक्षरमा देश  (मुक्तक सङ्ग्रह ), नदीको राजमार्ग   (लघुकथा सङ्ग्रह )  कृतिहरु प्रकाशित छन्  भने उनले विभिन्न साहित्यिक पत्रिकाहरु पनि सम्पादन गरिसकेका छन् । मूलत गजलकारका रुपमा परिचित उनी,  कविता, गीत , गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा  पनि उनको कलम उतिकै चलिरहेको हुन्छ ।

साहित्यकार कल्याण पन्तको संयोजकत्वमा  साहित्यकार  लक्ष्मण थापा र संस्थाका अध्यक्ष  कृष्ण गिरीको छनौट समितिले  समीपलाई   पुरस्कारकोलागि  चयन गरेको हो ।

साहित्यकार दीपक समीपले यस अघि  राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार २०५४,  राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार  २०५५ , खुल्ला मुक्तक प्रतियोगिता २०५५ प्रथम , गजल साधना सम्मान  २०६३ ,  (भूगोलभित्र नकोरिएको देश,गजल सङ्ग्रहकालागि) , समता काव्य सम्मान  २०६६ , शिल्पी साहित्य सम्मान २०६६ , स्रष्टा साहित्य चौतारी पुरस्कार २०६८ , गजल प्रतिभा पुरस्कार  २०६९ , अक्षरयात्रा सम्मान २०७० , गजल सन्ध्या सम्मान २०७० , मुक्तक मन्च पोखरा सम्मान  २०७३ , गजल मन्च मकवानपुर सम्मान  २०७४ , लेखक कृति पुरस्कार  २०७९, (अक्षर  अक्षरमा देश  मुक्तक सङ्ग्रहकालागि),  बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०  , अभिलेख सम्मान २०८१ प्राप्त गरिसकेका छन् ।

लमजुङ पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थपित सो पुरस्कारको राशि दश हजार रुपैंया र सम्मान पत्र रहेको छ । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यस अघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । यहि  मंसिर १५ गते शनिबार  एक भव्य समारोहको आयोजना गरि साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले  जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर