– चिनु पोखरेल
कति राम्रो सुन्दर शान्त हाम्राे देश नेपाल
बहुल जाति भाषा धर्म संस्कार विशाल ।
मेचीदेखि कालीसम्म फैलिएको देश हाम्रो
चन्द्रसूर्य अङ्कित झण्डा हेर्दा झन् राम्रो ।
शान्तिका अग्रदूत गाैतम बुद्ध जन्मेका
अयाेध्याकी बुहारी हुन् सीता अन्मेका ।
विश्वकै उच्चशिखर हाम्राे सगरमाथामा
राष्ट्रियता झण्डा बाेकी जान्छन् हातामा ।
पशुपतिनाथ हाम्राे सम्पदाकाे सूचीमा
विष्णुजीकाे प्रार्थना गर्छाैं खुशीमा ।
भगवानकै पालादेखि नारी पुज्ने देश याे
मातृभाषा संस्कृति भेषभूषाकाे ।
सम्पदा र संस्कृति धेरै थरी मिसिए
युवा जति विदेशिए गाउँ रित्तिए ।
पूर्खादेखि धर्मगुरु चालचलन चलाए
संस्कृत याे जाेगाई राख्न अाँखा उघारे ।
महिला पनि जुट्नुपर्छ विकासकाे बाटाेमा
लागिपरे सुन फल्छ हाम्रो माटोमा ।
संस्कृति याे मेटिएमा पहिचान मेटिन्छ
अाचरण सुधारेमा लक्ष्य भेटिन्छ ।
विदेशीका सामू हामी छैनाैं कहिल्यै झुकेको
सयाै थुङ्गा मालाभित्र अनेक लुकेकाे ।
कस्ताे भयाे चालचलन साेच्दा पनि खर्चिलाे
नाैलाे चलन अँगाल्दामा भाछ भड्किलो ।
शून्य भयाे गाउँघर शून्य हुदै शहर
पहिचान छाेड्दै जाँदा हट्याे रहर।
संस्कार र संस्कृति पश्चिमामा ढल्या छ
विकृति र विसङ्गतिकाे अागाे बल्या छ ।
थाेरै गर्छु मनका कुरा थाेरै गर्छु बात मैले
प्रधानमन्त्री बन्नुपर्ने गरें अाँट मैले ।
प्रधानमन्त्री भएँ भने जाेगाउँछु संस्कृति
हुन दिन्न मैले देशमा यस्ताे विकृति ।
जाेगाउछु पाटीपाैवा जाेगाउछु चाैतारी
जागिर खाेज्न पर्दैन युवा भाैंतारी ।
खाेल्छु मैले उद्योगधन्दा खाेल्छु मैले विकास
अनि मात्र पाउछ देशले ठूलाे निकास ।
वास्तुकला, चित्रकला इतिहास बाेकेकाे
संस्कार धान्छु भन्नेलाई छैन राेकेकाे ।
परम्परा हाम्राे रीति हाम्राे नै हाे पहिचान
तीजकै भाकाबाट गर्छौ आह्वान (आबहान)
हिमालय पर्वतकी थिइन् छाेरी पार्वती
महादेव पति पाउन व्रत बसेकी ।
तीजकाे व्रत बसी बसेर पञ्चमीको पूजा लाइन्
अाफ्नाे इच्छा पूरा भयाे भनेजस्तो पाइन् ।
धर्म अनि संस्कृतिमा लुकेकाे छ पहिचान
परम्परा जाेगाएर सिक्नुपर्छ ज्ञान ।
अामा दिदी बहिनीलाई गर्नुपर्छ सम्मान
जाेगाई राखाैं सबै मिली हाम्राे पहिचान ।
प्रतिक्रिया
-
४