सउल कोरिया – गत आइतबार कोरियाको राजधानी सौलमा एक समारोहका बीच साहित्यकार दिपक राजको कृति बटुलोको लोकार्पण गरिएको छ । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कोरियाकी कुटनैतिक सहचारी कल्पना भण्डारीले पुस्तकको लोकार्पण गर्नु भएको हो ।

कोरियामा रहेका नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थितिका बीच उक्त कार्यक्रममा तीनजना विशेष स्रष्टाका रचना सुन्ने कार्यक्रम पनि थियो । अनेसास कोरियाले गर्दै आएको काव्य सुधा अन्तर्गतको १६३ औँ शृङ्खला रचना वाचन पनि गरिएको थियो । कार्यक्रममा कवि विष्णु सन्यास, गजलकार सुशिल विश्वकर्मा र मुक्तककार अजय गोले अन्जान बिशेष रचना वाचनामा थिए । तीन कविले आफ्ना सृजना मार्फत उपस्थित दर्शक श्रोतालाई मन्त्रमुग्ध पारी वाहवाही बटुलेका थिए । उपस्थित अन्य साहित्यप्रेमीका पनि रचना सुन्ने सुनाउने कार्यक्रम समेत थियो ।

नेपाली भाषा साहित्यको विकास र विस्तारका लागि अनेसास कोरियाले परदेशी भूमिबाट गरेको योगदानको उच्च प्रशंसा गर्दै प्रमुख अतिथि कमला भण्डारीले यस कार्यमा खटिने संस्थाको टिमलाई धन्यवादका साथै बटुलो कृतिका सर्जक दिपकराजलाई बधाई समेत दिइन ।

उक्त कार्यक्रममा बोल्दै विशेष अतिथि आदिवासी जनजाति साहित्यकार लेखक महासंघ दक्षिण कोरियाका अध्यक्ष समिप पुन खेमले कोरियामा नेपाली साहित्यको माहोल बनाउन अनेसास कोरियाले अग्रणि भुमिका खेलेको भन्दै संस्थाको प्रशंसा गरे । उनले कृतिका स्रस्टा दिपकराजलाई बधाई सहित कृति सफलताको शुभकामना दिए ।

कार्यक्रममा अनेसास कोरियाका साथसाथै आदिवासी जनजाति साहित्यकार लेखक महासंघ र अर्घाखाँची सम्पर्क मञ्चद्वारा स्रस्टा दिपकराजलाई सम्मान समेत गरिएको थियो । संस्था अध्यक्ष ह्यारी बोण्डको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य विजयता भण्डारीले गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर