काठमाडौँ – नजिकिदै गरेको तीजलाई लक्षित गरेर गायक प्रकाश सपुतले नयाँ गीत ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक गरेका छन् ।
सुरक्षा सेन्चुरी र अजय कार्कीको स्वर रहेको छ भने म्युजिक भिडयोमा प्रकाश सपूत र समीक्षा बस्नेत देखिएका छन् ।
गीतकार तथा मोडल दर्पन राईले यो निर्देशन गरेको भिडियो लोक ब्याटल्समा आधारित छ भने म्युजिक भिडियो आरके मानन्धरले खिचेका हुन् ।।
भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ । यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ । एमएएस इन्टरटेनमेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो ।
प्रतिक्रिया
-
४