अमेरिका – कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । तरंग एल्बममा समावेश उक्त गीतको भिडियोमा आफ्नो सन्तानको इच्छा रहर पूरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तविकता देखाउने कोशिस गरिएको गीतकार न्यौपानृले बताईन ।

गीतमा यथार्थ र बास्तबिकतालाई गीत मार्फत गरेकी न्यौपानेको गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुमधुर आवाज दिएकी छन ।

गीतको भिडियो निर्देशक युवराज वाईबा हुन् । भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेको छ।
भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाईन्छ । गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

गीतको भिडियो लिङ्क

प्रतिक्रिया

सम्बन्धित खवर