दक्षिण कोरिया सउल – कवि शकुन आँसुले एकल कविता वाचन गरेकी छन् । शुक्रबार सउलमा आँशुले एक दर्जन बढी कविता र गजल वाचन गरिन् । आदीवासी सौन्दर्य, पहिचानको आवाज भन्ने नारालाई आत्मसाथ गरेको इतर अभियान दक्षिण कोरियाले आयोजना गरेको एकल वाचनमा उनले आफ्ना सृजनाहरू वाचन गरेकी हुन् ।

जिन्दगीमा
थप जिन्दगी आएपछि
बाँच्ने आशा जाग्न थालेको छ…

‘प्रतिक्षा’ शीर्षकमा उनले सुनाएको प्रेम कविताले श्रोता खुबै रुचाए । भ्यालेन्टाईनको पूर्व सन्ध्यामा सुनाएको उक्त कवितामा प्रेम दर्शाईएको थियो ।

तेस्तै उनको अर्को कविता ‘दुखाई’ले श्रोता भावुक भए । रजश्वला सम्बन्धी उक्त कविता नारीहरूले भोग्नुपर्ने पिडा र समाजले सहज रुपमा लिन निस्कने कुरालाई ब्याङ्ग्य गरिएको थियो ।

आँसुले कविताकै क्रममा आफ्नो कविता लेखनको सुरुवाती क्षण पनि सम्झिईन । आफूले अरुको कविताबाट प्रभावित भएर लेखेको कविताले अञ्चलव्यापि प्रतियोगितामा तेस्रो पुरस्कार पाएपछि विश्वास गर्न नसकी त्यसपछि प्रतियोगितामा भाग लिनै छोडिदिएको बताईन् । उनलाग्यो आफू सिकारु कवि, आफूभन्दा राम्रा लेख्ने कविताले पुरस्कार नपाएपछि रिजल्ट फेयर नहुँदो रहेछ भन्ने उनको बाल मस्तिष्कमा पर्यो । तर कविता भने निरन्तर लेखिरहिन् ।
कवि आँसु झण्डै १ दशक देखि कोरियामा रोजगारीमा छिन् । छिट्टै आफ्नो देश फर्कन लागेकी उनले ‘जीवनक‍ो पाठशाला’ शीर्षकको कविता सुनाईन् । आफूले धेरै कुरा कोरियामा सिकेको भन्दै कोरिया आफ्नो लागि पाठशाला भएको भाव उनको कवितामा थियो । उनले यसै कविता मार्फत कोरियालाई धन्यवाद समेत दिन भ्याईन् । उनले ‘पितृसत्ताको अनुहार’, ‘झरी’, ‘प्रेमको परिधी’, ‘सत्तामोह’, अजम्बरी याद शीर्षकका कविताहरू पनि सुनाईन ।

सबैको जीवन उसैगरि मिलेर आएक‍ो हुँदैन
सबैलाई भगवानले फुर्सदमा बनाएक‍ो हुँदैन

उनले  सुनाएका गजलमा दर्शकले वाह वाह गरे । कार्यक्रम, ऊ गएको साँझ शीर्षकमा उनले कविता मात्र सुनाईनन सिङ्गो जीवन दर्शन बताईन ।

कवि शकुन आँसुको एकल वाचनमा आँसुको कविता ‘कलीयुगकी सुम्निमा’ अर्का कवि मात्रिहाङ नेम्वाङले सुनाए । कवि आँसुकै अर्को कविता ‘शिशिर सम्झना’ अर्की कवि दीपा मेवाहाङ राईले सुनाईन ।

कवि आँसुले दर्जन बढी कविता र आधा दर्जन गजल सुनाईन । उनका रचनाहरूमा देश प्रेम, आफ्नो माटो र आमा, आदीवासी सौन्दर्य, अधिकार, प्रेम, घृणा, बेथिति विरुद्ध आवाज, समाजको वास्तविक यथार्थ र आदर्शोन्मुख भावहरू प्रस्तुत भएका थिए । झण्डै ३ घण्टा चलेको कार्यक्रममा श्रोताले ध्यानमग्न भएर सुनिरहे ।

 

कवि केही समय पछि नेपाल फर्कदैँ छिन् । यसै अवसर पारेर कोरियामा रहेर साहित्य सृजना गर्दै साहित्यक‍ो बिस्तारका लागि काम गरेको भन्दा आयोजक संस्था सहित कोरियामा रहेका संस्थाले सम्मान र बिदाइ कार्यक्रम समेत गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर