काभ्रे – प्रत्येक साल जस्तै यो साल पनि अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्गको एघारौँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरुलाई सम्मान गरिएको हो ।

काभ्रेको पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोर्कापण कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई कृष्णसुन अक्षरमार्ग पत्रकारिता सम्मान बाट सम्मानित गरिएको छ । त्यस्तै विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कलाकार के के कर्माचार्यलाई सम्मानित गरिएको छ। यस्तै, वरिष्ठ कथाकार सनत रेग्मीलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मानबाट सम्मानित गरिएको छ । साथै गायत्रीश्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान’ समर्पण गरिएको छ । साहित्यकार तथा भाषिक अभियन्ता श्रीकृष्ण महर्जनलाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने दार्जलिङ निवासी साहित्यकार सुभद्रा बम्जनलाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित गरिएको छ। यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार डा गोपाल पौड्याल मण्डने सम्मानित हुनुभएको छ उहाँहरूलाई कार्यक्रमका विशिष्ट अतिथिद्वय वरिष्ठ साहित्यकार तथा नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल र नेपाल स्रष्टा समाजका अध्यक्ष श्री ॐ श्रेष्ठ रोदनले सम्मान अर्पण गर्नु भएको थियो । त्यस्तै प्रल्हाद केसी , ध्रुबनारायण जोन्छे, राजेश श्रेष्ठ ध्रुब कृष्ण ताम्राकारबाट सम्मानित सर्जकहरुलाई माला, टीका , मायाको चिनो तथा नगद प्रदान भएको थियो।

कार्यक्रममा वशिष्ट अतिथिको रूपम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीॐ श्रेष्ठ रोदन, मोहन दुवाल , पवन आलोक, सूर्य लाकोजू , विजय कर्माचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार सूर्य लाकोजूद्वारा लिखित सिर्जना लेखन कला र अक्षरका स्वरूप नामक दुई कृतिको लोकार्पण पनिगरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर