दक्षिण कोरिया, सौल -प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली मुक्तकको विकास र विस्तारमा सक्रिय संस्था नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरियाले कोरियन नयाँवर्ष (सलनाल)को अवसरमा  बृहत् साहित्यमेला गर्ने भएको छ।

सलनालको दोश्रो दिन अर्थात् फेब्रुअरी १० शनिबार कोरियाको राजधानी शहर सौलको तोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा कार्यक्रम गर्न लागिएको हो । नेपाली साहित्यका तिन विधा कविता,गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् ।

कविहरू जीवन खत्री, दिपा मेवाहाङ र विजयता भण्डारीका कविताहरू वाचन हुनुछन् । गजलमा गजलकारहरु सरोज सर्वहारा, राज विसर्जन र डिएनके कुँवरले मेहफिल बनाउने छन् । त्यसैगरि मुक्तक विधामा मुक्तककारत्रय सुशिल अर्याल, प्रचण्ड सापकोटा र विवेक रिजालका मुक्तकहरुले कार्यक्रमको रौनकता थप उचाइमा लाने विश्वास गरिएको छ । कार्यक्रममा दिन, प्रेम, राजनीति,  सामाजिक संस्कार र नेपालप्रतिको प्रेमले कोरियाको राजधानी शहर तात्ने दाबी सँस्थाका कार्यबाहक अध्यक्ष निर्दोष शिवले गर्नुभएको छ।

उपस्थित स्रस्टाका पनि रचना वाचन गर्न पाइने भएकोले रचना सुन्ने र सुनाउने यस कार्यक्रममा कोरियाबासी सम्पूर्ण नेपालीहरूलाई आयोजकले आग्रह गरेको छ । स्थानका लागि तोङ्देमुन स्टेसनको ३ नं गेटबाट निस्केर ३० मिटर अगाडि रहेको शुभेच्छा रेस्टुरेन्टमा पुग्नुपर्ने छ ।

कार्यक्रमको मिडिया पार्टनर सेतोमाटो मिडिया पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर