काठमाडौं – सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले बुद्धिबल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्षमा कवि भैरबी भूगोल र महासचिबमा चर्चित कथाकार मन्दिरा मधुश्री चयन हुनुभएको हो ।
अशिबेशन विधुतिय माध्यम ( जुम मिटिङ्ग ) बाट सम्पन्न भएको हो ।
नवगठित कार्यसमितिका अन्य पदाधिकारीहरुमा प्रभात सुवेदी (बर्दिया) – सचिव र टुकादेवी पौडेल आचार्य (तनहुँ) – कोषाध्यक्ष रहेका छन् । कार्यसमिती सदस्यहरुमा सृष्टि मल्ल (स्याङ्जा ), मुना आत्रेय (मोरङ), रुपा थापा (नुवाकोट), सुशीला शर्मा (काठमाण्डौ),कविराज भट्ट (कञ्चनपुर), इन्दु नेपाल योञ्जन (सुनसरी) र गिरिराज डल्लाकोटी (चितवन) रहेका छन् ।

यस्तै अधिबेशनले नेपाल शाखाको सल्लाहकारमा बरिष्ठ मुक्तककार सुनिल अधिकारी (काठमाण्डौ) र कवि असिम सागर (ललितपुर) साथै संरक्षकमा जि पि तिवारी (झापा, हाल सुनसरी) लाई मनोनयन गरेको छ ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष विवेक दुलाल क्षेत्री , संस्थापक समर चेम्जोङ आभास (हाल केन्द्रीय संरक्षक) , प्रवक्ता राजेशराज गड्तौला, केन्द्रीय भाषा विभाग प्रमुख जीरन थुलुङ , नेपाल शाखाका संरक्षक जिपि तिवारी, केन्द्रीय कोषाध्यक्ष चन्द्र साम्बाहाम्फे लिम्बु, नेपाल शाखाका पूर्ब सचिब राजु भण्डारी, केन्द्रीय सदस्य राज यात्री लम्साल लगायत झण्डै २ दर्जन स्रष्टाको उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका नेपाल शाखा ईञ्चार्ज अमन एकलले सञ्चालन गर्नुभएको थियो ।

नव निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष अजित उत्सव लगायतले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै आ-आफ्नो जिम्मेवारीमा रहि काम कारबाही गर्न गराउनु हुन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर