सौल कोरिया – प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन चाड छुसकको अवसरमा बृहत् साहित्य मेला गर्ने भएको छ ।

छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा कार्यक्रम गर्न लागिएको हो। नेपाली साहित्यका तीन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरूको रचनाहरु वाचन हुनेछन् ।

कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका कविताहरू वाचन हुनेछन् । तेस्तै गजलकारहरू ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले मेहफिल तताउने भएका छन् । त्यसैगरी मुक्तक विधामा मुक्तककारत्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका मुक्तकहरूले कार्यक्रमको रौनकता थपिने विश्वास गरिएक‍ो संस्थाका अध्यक्ष ह्यारी बोन्डले बताए ।

कार्यक्रममा उपस्थित स्रस्टाका पनि रचना वाचन गर्न पाइने भएकोले रचना सुन्ने र सुनाउने यस कार्यक्रममा पुग्नको लागि ट्रेन नं १ जोङ्गाक स्टेसनको ४ नं गेटबाट निस्केर दायाँपट्टि रहेको हिमालय रेस्टुरेन्टमा पुग्नुपर्ने आयोजकले बथाएका छन् ।

कार्यक्रमक‍ मिडिया पार्टनरको रुपमा सेतोमाटो मिडिया समेत रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर