सौल, कोरिया

Aug 7

आइतबार कोरिया स्थित प्यङ्थेकमा अवस्थित नेपाली रेष्टुरेन्ट, ‘माउन्टेन फिस्टेल’ मा तिज गीतको सुटिङ सम्पन्न भएको छ । दिवश तिवारीको शब्द जीवन भण्डारीको संगित र सुरज भुषालको एरेन्जमा रहेको उक्त गीतमा दोहोरी च्याम्पियनका बिजेता प्रकाश पराजुली र व्यवसायिक चर्चित गायिका सुनिता बुढा क्षेत्रीले आवाज दिएका छन् ।

उक्त गीत सोनम पराजुलीको निर्देशन तथा छायांकनमा रहेको छ भने मोडल तर्फ सोनिप बिक्रम शाही, अर्जुन बराल, सम्झना, र सरिता भुषाल रहेका छन् । कोरियोग्राफी भने सरिता भुषाल स्वयं मोडेलले नै गरेकिछिन ।
कोरियाको व्यस्त समयका बाबजुत पनि महिला दिदिबहिनी र साथीभाईहरूको उलेख्य सहभागीता थियो । तर भिडियो सुटिङमा भने निकै नै चुनौती रहेको कुरा जीवन भण्डारीले व्यक्त गरे । भिडियो अबको केही दिनमा नै बजारमा आउने कुरा दिवस तिवारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर