काठमाडौं – कविता तथा गीतकार कमला न्यौपानेको शब्द गायिका मिलन नेवार र गायक अनुप रेग्मीको स्वर रहेको ‘एक कदम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा येदिन गजमेरको संगीत रहेको छ।

गीत एक कदममा मोडल स्मारिका ढकाल र प्राञ्जल न्यौपानेको अभिनय देख्न सकिन्छ। रोमान्टिक प्रेम कथालाई भिडियोमा निर्देशक केशवराज भट्टले कलात्मक शैलीमा देखाउनुभएको छ।

रुपम सिंह गुरुङको एरेन्ज रहेको सार्वजनिक गीतको छायाङ्कन मानकृष्ण मर्हजनले गर्नुभएको हो भने सम्पादनमा बान्दे प्रसादले मेहनत गर्नुभएको छ।

भिडियोको कलरिङ राजेन्द्र मोक्तानले गर्नुभएको गीतको रेकर्डिङ गुञ्जन रेकडिङ स्टुडियोमा भएको हो। प्रकाश न्यौपानले निर्माण गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो।

गीतको शब्द

एक कदम तिमी बढाउ, एक कदम म बढाँउला
एक कदम तिमी बढाउ, एक कदम म बढाँउला
हाम्रा यी दुई कदमहरूले, हजारौँ कोस सँगै तरौँला
हाम्रा यी दुई कदमहरूले, हजारौँ कोस सँगै तरौँला

एक कदम तिमी बढाउ
एक कदम म बढाउँला

पुग्नु छ सँगै त्यो क्षितिज पारि, गरेर हामीले आँट
हिड्नु छ बाटो यो जिन्दगीको, पाएर मायाको साथ
आएमा बाधा अड्चन, मिलेर पार गरौँला
हाम्रा यी दुई कदमहरूले, हजारौँ कोस सँगै तरौँला
एक कदम तिमी बढाउ
एक कदम म बढाउँला

सुख र दुख यो जिन्दगीको, भोगौँला सँग सँगै
रचेर आफ्नै संसार मायाको, बाचौँला सँग सँगै
चाहाना मनको तिमी, तिमी भित्रै हराउँला
हाम्रा यी दुई कदमहरूले, हजारौँ कोस सँगै तरौँला

एक कदम तिमी बढाउ, एक कदम म बढाँउला
एक कदम तिमी बढाउ, एक कदम म बढाँउला
हाम्रा यी दुई कदमहरूले, हजारौँ कोस सँगै तरौँला
हाम्रा यी दुई कदमहरूले, हजारौँ कोस सँगै तरौँला

गीतको भिडियो 

प्रतिक्रिया

सम्बन्धित खवर