काठमाण्डौ – सम्भव समुहद्वारा आयाेजित “पदयात्रामा कविता”सम्पन्न भएको छ । चन्द्रागिरि चेकपोस्ट बाट पदयात्रा सुरु गर्दै चन्द्रागिरि हिलमा पुगेर कविता वाचन तथा टिप्पणी कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा कविहरु सुरज राना,राज एकान्त र मन्जुल मिथाेचले कविता प्रस्तुत गरेका थिए भने कविता माथि कवि सन्जित फलानाले टिप्पणी राखेको थिए । कार्यक्रममा अतिथि कविकाे रुपमा कवि भुमिका थारुले कविता प्रस्तुत राखेका थिए ।

कार्यक्रम दुई चरणमा गरि सम्पन्न गरिएको थियो । पहिलाे र दाेश्राे चरण गरि प्रत्येक कविले ४/४ वटा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि मिथाेचले “प्ले:क्आस, पहाडमा रातो पोखरी”,”झण्डाकाे मान्छे” र “असम्भव” कविताहरु वाचन गरेका थिए ।

त्यसैगरी कवि एकान्तले “घाम”,”युवा”,”तिमी सहर पसेपछि”,”छापामारकाे सन्देश” कविताहरू प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा कवि रानाले “बन्दुकले कविता लेख्न थाल्छ”,”अक्षरहरु”,”ओ बाहुनी”,परिवर्तन कविताहरु वाचन गरेका थिए ।

कविता माथि टिप्पणी राख्ने क्रममा फलानाले तीनजना कविहरूको कवितामा तीन फरक, फरक स्वादको कविता सुन्ने अवर मिलेको तीन फरक स्वादका कविताहरूको राम्रो फ्युजन भएको बताए ।

सुरज रानाको कवितामा प्रतिरोधी चेत पाइएको बताए त्यस्तै कवि राज एकान्तको कविताहरूमा प्राकृति सौन्दर्यको बिम्बहरूलाई मीठो तरिकाले बुन्दै कोमल र फाइन कविता भएको उल्लेख गरे र कवि मन्जुल मिथोचका कविताहरू पहिचानको मुद्दामा केन्द्रित भएर सशक्त कविता लेखिएको टिप्पणीकर्ता फलानाले बताए ।

समूहका सदस्य युग सर्वनामको सन्चालनमा भएको कार्यक्रममा समूहका अर्का सदस्य कवि उत्तम लिम्बुले सभाअध्यक्षता गरेका थिए । `कार्यक्रमहरू साँगुरो घेरामा मात्र नभएर खुल्ला प्रकृतिमा पनि गर्न सकिने र नेता, घन्टाघर, धरहरा, र सिंह दरवारलाई मुनि बनाएर प्रकृतिलाई माथी वनाई प्रकृतिको नजिक छौं भन्ने बोध गराएका छौं´ भन्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर