काठमाण्डौ – असार पन्ध्रको मेसो पारेर सम्भव समूहले `कविताको पदयात्रा´ गर्ने भएको छ । चन्द्रागिरी हिलबाट यात्रा सुरु गरेर चन्द्रागिरीको डाँडाँमा गएर सो कार्यक्रमको औपचारिकता गर्ने भएको छ ।

कविताको पदयात्रामा कविहरू सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्नुहुने छ र त्यहाँ वाचन हुने कविहरूको कविता माथि कवि सन्जित फलानाले टिप्पणी गर्नुहुनेछ ।

कविताको भूगोल ब्रह्माण्ड जतिकै फराकिलो भएको तर हामी केही सङ्कुचित/सिमित संरचनामा रहेर मात्र लेखिरहेका छौं यसलाई फराकिलो पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ । सो कार्यक्रममा सम्पुर्ण सर्जक तथा लेखकहरूलाई उपस्थितिको लागि आह्वान गरेको छ उपस्थित सम्पुर्णले अतिथि कविको रुपमा एक एक वटा कविता वाचन गर्ने पनि आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर