काठमाडौँ – कवि तथा गीतकार रमेश क्षितिजको नयाँ कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ बजारमा आएको छ । कृतिमा ५३ वटा कविताहरू संग्रहित छन् । जीवन दर्शनको उच्चतम प्रयोग गरिएका कविताहरू प्रकाशनमा आएपछि कविले सेतोमाटोसँग खुुसी व्यक्त गरे ।

संग्रहभित्र ५ खण्डमा विभाजित कविताबारे कवि अविनाश श्रेष्ठ भन्छन्, ‘पूर्वीय दर्शनलाई सरल तरिकाले भन्दै काव्यिक संवेदनाको शील्पलाई सरल ढंगले यस संग्रह का कविताले भनेका छन् । उनका कविता मन्त्र जस्तै छैनन्, जीवनमन्त्र नै हुन् ।’

२०५६ सालमा ‘अर्को साँझ पर्खेर साँझमा’ र २०६६ मा ‘घर फर्किरहेको मानिस’ कवितासंग्रह प्रकाशन गरिसकेका कवि रमेश क्षितिजको ‘आफैं आफ्नो साथी भएँ’ गीतसंग्रह, “क्षितिज” एल्बमका साथै दर्जनौं गीतहरू लोकप्रिय छन् ।

५३ कविताको हार्ड कभर संस्करणको मूल्य ४५५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर