काठमाडौँ – विदेशमा रहेर पनि नेपाली साहित्यमा योगदान गरिरहेकी कवयित्री माया गुरुङका दुई कविता सङ्ग्रह सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय साहित्य समाज बेलायत शाखाले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलगायत साहित्यकारले ‘ऐना’ र ‘बाको जुत्ता’ कविता सङ्ग्रह सार्वजनिक गरेका हुन् ।

कवयित्री गुरुङले बेलायतमै बसेर साहित्य सृजना गर्दै आएको कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा प्रमुख आयुक्त गुरुङ, प्रा डा गोविन्दमानसिंह कार्की, साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, डा सुरेन्द्र केसी, वरिष्ठ कलाकार शर्मिला गुरुङ, साहित्यिक पत्रकार राधेश्याम लेकालीलगायतले विदेशमा रहेर पनि मायाले नेपाली साहित्यमा गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।

दुवै कृतिमा करिब तीन÷तीन दर्जन कविता समावेश गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर